१३ मंसिर २०८१, बिहीबार
,
Latest
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित निर्वाचन हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनुः निर्वाचन आयोग आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी देशमै रोजगारी सिर्जना गर्न सरकारलाई काँग्रेसको सुझाव एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक उपत्यकाबाट हराएका २७ मोटसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ: अध्यक्ष ढकाल अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव गुटेरेसको सुरक्षार्थमा खटिएका प्रहरीको लेक लागेर मृत्यु



अन्नपूर्ण आधार शिविरमा महासचिव गुटेरेस
अ+ अ-

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९:४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । ढुङ्गाना कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा जानुभएको थियो । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो । रासस