२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत हप्ता भ्याक्सिन लगाएका बलिउड अभिनेता आशुतोषलाई कोरोना



अ+ अ-

मुम्बईः भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक लाखौं संख्यामा संक्रमित थपिदै आएका छन् । यसको चपेटामा भारतको मुख्य राज्यमा पर्ने महाराष्ट्रा पनि परेको छ । 

महाराष्ट्राको मुख्य शहर मुम्बईमा तीब्र गतिमा कोरोना फैलिएसँगै बलिउडका थुप्रै कलाकारहरुलाई कोरोना संक्रमण भएको छ । हालै अभिनेता आशुतोष राणालाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् । 

आशुतोषले गत ६ अप्रिलमा कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए । उनले आफ्नी पत्नीसँगै कोरोना भाइरसको खोपको पहिलो डोज लिएका थिए । 

यस्तै उनले आफ्ना परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गराएको र उनीहरुको रिपोर्ट भोली आउने पनि बताएका छन् ।