२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त
अ अ+ अ-

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ । विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयासहरु र नेपालले गर्नुपर्ने कार्यहरुका बारेमा विश्वव्यापी अभियानको थालनी गरेको बताएको छ ।

डब्लुडब्लुएफ नेपालले विगतमा विभिन्न अभियानहरुमा अभियानदूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरेपनि पहिलोपटक सदुभावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको जनाएको छ ।  सन्तुलित विकासका लागि अध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहनुभएकी आनीछोङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिनुभयो । 

उहाँले भगवान गौतम बुद्धको शान्ति शिक्षा, सामाजिक भेद्भावको अन्त्य गर्न तथा विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने ज्ञानको प्रचार गर्न आनी छोइङको सक्रिय भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । 

आधुनिकताको नाममा भएको वातावरण विनास रोक्न र प्राकृतिक सम्पदाको संरक्षण गरी सुन्दर पृथ्वी भावी पुस्तालाई सुम्पिने अवस्था बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउँदै सद्भावना दूत आनी छोइङले भन्नुभयो, ‘‘प्रकृति र संस्कृतिप्रतिको प्रेमले नै मलाई यस अभियानमा लाग्न प्रेरित गरेको छ । राष्ट्रिय÷अन्तरराष्ट्रिय स्तरमा सुरक्षित भविष्यका लागि जनचेतना अभिवृद्धिमा लाग्न थप जिम्मेवारी पाएकी छु ।’’ वनजङ्गलको विनासले गर्दा आज ८५ प्रतिशत स्वच्छ पानीका मुहान सुकेका, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भएको बताउँदै उहाँले अहिले नै हामीले वातावरण संरक्षणमा ध्यान दिन नसके अनेक समस्या आउनसक्ने निश्चित रहेको उल्लेख गर्नुभयो । 

आज बजारीकरणका नाममा बहुमूल्य जडीबुटीको लोप एवं दुर्लभ वन्यजन्तुको चोरीशिकारीका घटना बढ्दै गएको, खानपानमा विषादी तथा प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोगले गर्दा मानव र प्रकृतिबीचको सन्तुलन खल्बिलिन जाँदा वातावरण र जनस्वास्थ्यमा अनेक समस्या आएकाले यसबारेमा पनि विश्वव्यापीरुपमा जनचेतना बढाउन आवश्यक रहेको आनी छोइङको भनाइ छ । प्रकृति संरक्षणमा नेपालले गरेको सफल उदाहरणहरु प्रचार हुनु आवश्यक रहेको बताउँदै उहाँले हाम्रो मौलिकतालाई मासिन नदिई विश्वका अन्य मुलुकका सिकाइलाई पनि हामीले आत्मसात गर्न सक्नुपर्ने खाँचो औँल्याउनुभयो ।