२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले उपाधि जित्ने सन्दीपको विश्वास



file photo: can
अ+ अ-

काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलवार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एशिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे ।

यस्तै, लामिछानेले ब्याटिङमा पुराना समस्या हटेको र एक जना चल्न नसक्दा राम्रो ब्याकअप पाउनु निकै सुखद् पक्ष रहेको बताए । उनले आजको खेलमा कुनैपनि समय नेपाल पछि नपरेको उल्लेख गरे ।

साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए । यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो ।

यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीवार हुनेछ ।