• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा

संक्रमणकालीन न्यायको पक्षमा भइरहेका प्रयत्न उदाहरणीय: महासचिव गुटेरेस



काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै मध्यपूर्वमा भइरहेका घटनाबाट अत्यन्त दु:खी रहेको बताउँदै इजरायलमा नेपाली मारिएकामा मलाई दु:ख लागेको छ भन्नु भएको छ ।

उहाँले यस घटनामा परी अझै एक जना बिपिन जोशी अझै बेपत्ता छन् र उनको रिहाईका लागि प्रयत्न भइरहेको बताउनुभयो । महासचिव गुटेरेसले जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानका लागि नेपालले गरिरहेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।

“नेपाल शान्तिको प्रवद्र्धक मुलुक हो, यसबाट विश्वले सिक्नु पर्दछ । दिगो विकास लक्ष्यप्रति नेपालले गरिरहेको कार्य उल्लेखनीय छ । यसमा नेपाललाई सहयोग गर्न राष्ट्रसंघले निकै गर्वको महशुस गरेको छ ।” उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रसंघ सहज संक्रमणका लागि सहयोग गर्न राष्ट्रसंघ तयार छ । संक्रमणकालीन न्याय निकै महत्वपूर्ण छ, र यसबाट न्याय प्राप्त गर्न निकै प्रयत्न गर्नु पर्दछ ।

नेपालले संक्रमणकालीन न्यायका पक्षमा गरिरहेको प्रयास अन्तर्राष्ट्रिय मान्यता बमोजिम अघि बढ्नेमा मलाई विश्वास छ ।” महासचिव गुटेरेसले भन्नुभयो, “राष्ट्रसंघ र नेपालको सम्बन्ध सधैं मित्रवत छ ।

नेपाल ठूला र शक्तिशाली मुलुकको दाँजोमा सानो होला, तर विश्व शान्तिका लागि नेपाली सेनाको योगदान अतुलनीय छ । राष्ट्रसंघमा गरेको योगदानका क्रममा ज्यान गुमाएका सैनिकप्रति एक मिनेट मौनधारण गर्न आग्रह गर्दछु ।”

तस्बिर : रत्न श्रेष्ठ/रासस