• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

संक्रमणकालीन न्यायको पक्षमा भइरहेका प्रयत्न उदाहरणीय: महासचिव गुटेरेस



काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै मध्यपूर्वमा भइरहेका घटनाबाट अत्यन्त दु:खी रहेको बताउँदै इजरायलमा नेपाली मारिएकामा मलाई दु:ख लागेको छ भन्नु भएको छ ।

उहाँले यस घटनामा परी अझै एक जना बिपिन जोशी अझै बेपत्ता छन् र उनको रिहाईका लागि प्रयत्न भइरहेको बताउनुभयो । महासचिव गुटेरेसले जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानका लागि नेपालले गरिरहेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।

“नेपाल शान्तिको प्रवद्र्धक मुलुक हो, यसबाट विश्वले सिक्नु पर्दछ । दिगो विकास लक्ष्यप्रति नेपालले गरिरहेको कार्य उल्लेखनीय छ । यसमा नेपाललाई सहयोग गर्न राष्ट्रसंघले निकै गर्वको महशुस गरेको छ ।” उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रसंघ सहज संक्रमणका लागि सहयोग गर्न राष्ट्रसंघ तयार छ । संक्रमणकालीन न्याय निकै महत्वपूर्ण छ, र यसबाट न्याय प्राप्त गर्न निकै प्रयत्न गर्नु पर्दछ ।

नेपालले संक्रमणकालीन न्यायका पक्षमा गरिरहेको प्रयास अन्तर्राष्ट्रिय मान्यता बमोजिम अघि बढ्नेमा मलाई विश्वास छ ।” महासचिव गुटेरेसले भन्नुभयो, “राष्ट्रसंघ र नेपालको सम्बन्ध सधैं मित्रवत छ ।

नेपाल ठूला र शक्तिशाली मुलुकको दाँजोमा सानो होला, तर विश्व शान्तिका लागि नेपाली सेनाको योगदान अतुलनीय छ । राष्ट्रसंघमा गरेको योगदानका क्रममा ज्यान गुमाएका सैनिकप्रति एक मिनेट मौनधारण गर्न आग्रह गर्दछु ।”

तस्बिर : रत्न श्रेष्ठ/रासस