२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा स्नान गर्नेको भीड



अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् ।  

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थालुहरु आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएको उहाँले जानकारी दिनुभयो । गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।
 
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्ने गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।