• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

ज्ञानेन्द्रलाई राजा घोषणा गर्न मागसहित शाही युवा शक्ति नेपालले मोटरसाईकल र्‍याली आयोजना गर्ने



काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुन: राजा घोषणा गर्न दबाब दिने उद्देश्यले विशाल मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाईकल र्‍याली आयोजना गर्न लागिएको जानकारी गराएको हो । उक्त विशाल मोटरसाईकल र्‍याली मध्यान्ह साढे १२ बजे विजी महल अगाडिबाट सुरु हुने पनि बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको उनले बताए । अहिलेका युवाहरु देश बर्वाद भइसक्दापनि बरु झोला बोकेर विदेश जान तयार हुने र दलहरुले देश सिध्याए भनेर गुनासो गरिरहने गरेको बताउँदै उनले उनीहरुलाई राजाको पक्षमा सडकमा आएर योगदान गर्न आह्वान गरे ।

अध्यक्ष खड्काले राजाको आशिर्वाद लिएर दसैंको टिका लगाएका मान्छेहरु मात्रै सडकमा आएको खण्डमा गणतन्त्रको चाँडै अन्त्य हुने दाबी गरे । उनले आफ्नो श्वाँस रहेसम्म देशमा गणतन्त्र खारेज गराएरै छाड्ने अठोट लिएको सुनाए । लाखौंलाख जनता अहिलेपनि गणतन्त्रको विपक्षमा रहेका उनको भनाई छ । उनले देशमा रहेका विभिन्न समस्या समाधानका लागि राजा र राजसंस्था पुनर्स्थापना एकमात्रै विकल्प रहेको बताए । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशमा गणगन्त्रवादीहरुले फट्याईँ गरेको अरोप लगाउदै उनले भने, ‘यो गणतन्त्रवादीहरुले फट्याईँ गरेको रहेछ । यिनीहरु देशद्रोही र दलाल रहेछन् भनेर सम्पूर्ण नेपालीहरुले बुझिसकेको हुँदा अब तपाईँहरुले यिनीहरुलाई जहिलेसम्म शासन चलाउन दिनुहुन्छ, तबसम्म नेपाली र नेपाल आमाको आशु खेप्नुपर्ने हुन्छ’ ।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाल धर्म निरपेक्ष हुनैनसक्ने बताए । देशलाई धर्मनिरपेक्ष बनाउनेहरुले हिन्दुहरुको दसैंको टिका र जमरा लगाउन लाज मान्नुपर्ने उनको टिप्पणी छ । जनताले निर्मल निवासमा गएर राजासँग नेपाली जनताको नासो खोजिरहेको उनले बताए । राजालाई जनताले नेपाली जनताको नासो जिम्मा लिन नेपाली जनताले आग्रह गरिरहेको उनले बताए । पृथ्वीनारायण शाहको शालिक ढालेर, एमसीसी पारित गरेर र गुटेरेसको चाकडी गरेर देश धेरै लामो समयसम्म नेपाल नरहने उनको टिप्पणी छ ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीयहरु सदस्य नयन बोगटी, रोहन शाक्य, शाही युवा शक्ति नेपालका समर्थक रामेश्वर थापा, सन्तोष (सिलवाल) राजावादी लगायतले राजा, राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना र गणतन्त्र खारेजीको पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।