२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण

नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण
अ अ+ अ-

खार्तुमः सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । इथियोपियाको विशाल यस बाँध परियोजनालाई लिएर सुडान, इथियोपिया र इजिप्टबीच विवाद उत्पन्न भएको छ ।

गत साता, अफ्रिकी युनियनको अध्यक्ष मुलुक कङ्गोले आयोजना गरेको तीन देशबीचको वार्ता सहमतिमा पुग्न सकेको थिएन । इथियोपियाले निर्माण गरिरहेको बाँध र यसबाट सिर्जना हुने विशाल जलभण्डारको विवादले तीनै देशबीच तनाब सिर्जना गरेको छ । 

सन् २०११ मा निर्माण शुरु भएयता इजिप्टले यस बाँधका कारण आफ्नो देशमा पानीको आपूर्तिको अस्तित्वमाथि नै चुनौती सिर्जना हुने बताउँदै आएको छ । इथियोपियाले निर्माण गर्ने बाँधले सिर्जना गर्ने जलभण्डार आफ्नो लागि खतरा हुने सुडानको भनाई छ । 

सुडानको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री अब्दल्ला हमडकले आफ्ना समकक्षी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौली र इथियोपियाका प्रधानमन्त्री अबिय अहमदलाई १० दिनभित्र शिखर बैठकका लागि आमन्त्रण गर्नु भएको उल्लेख छ । 

सुडानी प्रधानमन्त्री हमडकले बाँधको निर्माण निरन्तर भइरहेको र बाँधले पूर्णता पाउनुअघि निश्चित विषयमा सहमति र सम्झौता हुनुपर्नेमा जोड दिनु भएको छ । 

वक्तव्यमा प्रस्तावित शिखर बैठक भिडियो कन्फरेन्सका माध्यमबाट हुने उल्लेख छ । गत साता इथियोपियाले बाँध सम्बन्धी विस्तृत विवरण इजिप्ट र सुडानलाई उपलब्ध गराउने प्रस्ताव गरेको थियो, तर उक्त प्रस्तावलाई इजिप्ट र सुडानले अस्वीकार गरिदिएका थिए । 

इथियोपियाले नाइल नदीमा निर्माण हुने विशाल जलविद्युत आफ्नो देशको विकासका लागि अतिआवश्यक रहेको बताउँदै आएको छ । तर इजिप्ट र सुडानले बाँध पूर्ण कार्यान्वयनमा आउनुअघि त्रिपक्षीय सम्झौता हुनुपर्ने माग गर्दै आएका छन् ।