५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरहरा-धरान सडक निर्माणमा तदारुकता देखाउन विवेकशील साझा पार्टीको माग



अ+ अ-

विराटनगर। विवेकशील साझा पार्टी कोशी प्रदेश समितिले कोशी राजमार्ग अन्तर्गत तरहरा- धरान सडक खण्ड समयमै निर्माण नहुँदा सर्वसाधारणले खेप्नु परेको सास्तीवारे सरोकारवालालाई ध्यानाकर्षण गराएको छ।

पार्टी प्रतिनिधि मण्डलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटी निर्धारित समयावधि समाप्त भई सक्दा पनि तरहरा(धरान सडक खण्ड निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले दैनन्दिन दुख: झेल्नु परेको भन्दै ध्यानाकर्षण गराएको हो।

प्रदेश अध्यक्ष सुदन श्रेष्ठले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले चाँडै सम्बन्धित निकायलाई बोलाएर प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रदेश अध्यक्ष श्रेष्ठ, केन्द्रीय सदस्य विरेन्द्र गुप्ता, प्रदेश उपाध्यक्ष हेमन्त भट्टराई, सचिव चिरञ्जीवी रेग्मी, सदस्य भुवन थापा, अगुवा सदस्यहरु राजेन्द्रराज कुँवर, पुनितलाल कर्ण, लिला पोखरेल, ईरा श्रेष्ठ, सतिष कर्ण सहितको टोलीले प्रदेशको समसामयिक सवालमा मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएको थियो।

भेटवार्तामा पार्टीले प्रकाशन गरेको नेपालको सांस्कृतिक मानचित्र पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गर्नु भयो।
मानचित्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले ऐतिहासिक नेपालको गोैरवमय ईतिहास झल्काउने साँस्कृति मानचित्र आफ्नो कार्यालयमा राखेर प्रचार(प्रसारमा सहयोग गर्ने वताउनु भयो।

भेटवार्तामा मुख्यमन्त्री कार्कीले भारतबाट अनियमित तरिकाबाट भित्रिएका कुखुराहरुका कारण नेपाली पोल्ट्री ब्यवसायमा परेको नकारात्मक असर नियन्त्रणवारे पनि आश्वस्त पार्नु भयो।