२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए: प्रधानमन्त्री

सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए:  प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ । 

शनिबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभएको हो ।  संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इक्षा र आकांक्षा पुरा हुन नसकेकाले त्यस्ता मान्छेहरुले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताउनुभयो । अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन् । प्रतिगमन भयो भनेर । अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरु छन । के हो प्रतिगमन भनेको ? यिनिहरुले परिवर्तन नै बुझेको रहेन्छन कि क्याहो ? परिवर्तन र उपलब्धिहरु हामीले जे प्राप्त गरेका छौं ति प्राप्त गरेका उपलब्धिहरु गुमे भने, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौं त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ? संविधान खोसिएको छैन ।  व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन लोकतन्त्रका आधारभुत मूल्य मान्यता केही तलमाथि पर्यो र ? केही पनि परेन ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताउनुभयो । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘केही मान्छेहरुको महत्वकांक्षा पुरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफुले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने । यस्ता शाब्दिक क्रान्तिकारीहरु नामका बामपन्थि, कामका दक्षिणपन्थि आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाईको सरकार आफुहरुले नै उत्पात मच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिंडदा हिंडदै कब्जा किला काँटा सबै फुत्कियो । अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ।’ 

आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिंडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि बताउनुभयो । हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामहरुलाई तिब्र गतिमा अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाईको सम्मान गरिएको बताउनुभयो । सहिद परिवार र घाइतेहरुलाई आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरु के के हुन सरकारको ध्यानाकर्षण भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘सबै सम्मानित तर यस्तो सम्मान जहाँ बलिदान छ पीडा छ, त्यो बलिदान, त्यो पीडा, ति सहिदको गौरवपूर्ण इतिहासको सम्मान, योगदानको सम्मान, देशका निम्ति गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान आज हामीले गरेका छौं । यो सुरुवात मात्रै हो । हामीले जुन चिज फिर्ता ल्याउन सक्दैनौं, जुन चिज फेरी रिकभर गर्न सक्दैनौं त्यो त हाम्रो क्षति भइसक्यो । त्यसलाई हामीले देश र जनताका लागि दिएको बलिदान, त्यसलाई एउटा त्याग सम्झिनु । आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरु केके हुन सक्दछ त्यस तर्फ सरकारको ध्यान गएको छ र सरकार सचेत छ भन्ने कुरा यहाँहरुलाई बताउनको लागि हामीले यस कार्यक्रमको आयोजना गर्यौँ।’

सहिदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षादिक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि बताउनुभयो । यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘सहिदका परिवारको सामाजिक सुरक्षाको सम्बन्धमा, सहिदको परिवारको रोजगारीको सम्बन्धमा, सहिदका परिवारको स–साना बालबालिकाहरु छन भने तिनको शिक्षा दिक्षाको सम्बन्धमा र सहिद नभएका तर घाइते भएका अशक्तताबाट पीडितहरुका जीविकाको समस्याहरु छन भने अथवा केही काम गर्न सक्ने तर अनुकुलको काम प्राप्त छ भने त्यस्तो स्थितिमा पनि कसरी त्यसको सम्बोधन गर्न सकिन्छ सरकारले त्यस दिशा तर्फपनि सम्बोधन गर्छ । ’

सहिदका परिवार आवास विहिनको अवस्थामा छन भने आवासको उपलब्ध गराउन, जमिन उपलब्ध गराउने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकारले सोचिरहेको पनि जानकारी दिनुभयो । यस्तै कहिल्यै केही कुटाई नखाएका, जेल नबसी क्रान्तिकारी कुरा गर्नेहरुले सहिद परिवारका दुःख, घाइतेहरुका दुःख नबुझ्ने पनि बताउनुभयो । दशकौं लामो समय जेल बस्दाको पीडा आफूले भोगेकोले पीडा कस्तो हुन्छ, आँसुको महत्व कस्तो हुन्छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘आन्दोलनको टुप्पामा बसेर दुःखकष्ट नगरिकन, एक दिन जेल नपरी, एकदिन भूमिगत नभई, वास्तवमा त्यसलाई भूमिगत भन्न सकिन्न, विदेशका राम्रै प्रवन्धमा बसेर आफू आन्दोलनको नेतृत्व गरेको भन्ने, अरु बेहाल भइरहदा तिनिहरुको वास्ता नगर्ने प्रवृति, आन्दोलनमा दुःख भोग्दै नभोगेको त्यस कारणले दुःख भनेको के हो । न पिटाई खाएको छ अलिकति, कहिल्यै  पिटाई खाएको छैन, कहिल्यै जेल परेको छैन, कहिल्यै नेल हतकडि लागउनु परेको छैन, कहिल्यै भोकै बस्नु परेको छैन, क्रान्तिकारी कुरा गरेको छ अरुलाई बहकाएको छ, भडकाएको छ होमिदिएको छ त्यस्ता मान्छेहरुले यो पीडा बुझ्दैनन् । तर हामीले त पीडा भोगेका छौं । खानै नदिएर डेढ महिना सम्म तुरुममा राखेर थुनेर लगातार कुटपिट गर्दा कुटाई खाँदा कस्तो हुन्छ हामीले भोगेका छौं । कोही मान्छे देख्न, भेटन नपाउने गरी चार वर्ष सम्म अध्यारा कोठा भित्र लगेर थुन्दा कस्तो हुन्छ त्यो हामीले भोगेका छौं । परिवारबाट विछोडिएर, आफन्तबाट विछोडिएर लामो समयसम्म दशकौं भन्दा लामो १४÷१५ वर्ष जेल बस्दा कस्तो हुन्छ हामीले भोग्या छौं । कुटाई खाँदाको पीडा कस्तो हुन्छ त्यो हामीले भोगेका छौं । त्यसकारण कुटाई खाने भनेको पनि एउटा घाइते जस्तै हो । ति पीडाहरु हामीले बुझेकै हुनाले हामीलाई पीडा कस्तो हुन्छ आँसुको महत्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा हामीले भोगेका छौं । ’

तत्कालिन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहिं पुगिदैन भन्ने कुरा अडानका साथ राखेको पनि बताउनुभयो । हिंसात्मक आन्दोलनबाट नागरिकले दुःख पाउने बाहेक केही हुन नसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘माओवादीले जतिबेला हिंसात्मक आन्दोलन सञ्चालन ग¥यो त्यस बेला पनि यो कहिं पुगिदैन यो भडकाएर युवाहरुलाई आवेसमा ल्यायो । अथवा युवाहरुलाई देश भक्ति उनीहरु भित्र जगाएर परिवर्तनको आकांक्षा जगाएर होमीदिने, उनीहरुको जिन्दगी बर्बाद हुने, उनीहरुको परिवार बर्बाद हुने, उनीहरु मारिने, उनीहरु सहिद हुने, कति अङ्गभङ्ग हुने अनि तिनिहरुका लास माथि टेकेर आफूचाहिं माथि जाने मात्रै काम बन्द गरौं मैले कडाईका साथ त्यस बेला पनि भनेको थिँए । यो आन्दोलन कहाँ पुग्छ भनेर मैले त्यसैबेला भनेको थिएँ । कुनै पूर्वाग्रहबस भनेको होइन । ’

अहिले नागरिकका लागि विकास आवश्यक भएको र विकासको प्रतिफल सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । आफ्नो अधिकार, न्याय, जीवन लगायतका कुनैचिज कसैले पनि खोस्दैन भन्ने स्थिति ल्याउन सरकारले ध्यान दिएको बताउनुभयो । असमानताको विभेद, भेदभावजन्य कुरा हुन नहुने तर्फ सरकारले काम गरिरहेको बताउनुभयो । 
सरकारले २०६२÷६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा आपाङता भएका र बहिर्गमित पूर्व लडाकुहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गर्नुभयो ।