• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

नेपालले मलेसियाविरुद्ध टस हार्यो, पहिले फिल्डिङमा



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो भने मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।