२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जनतालाई विकास दिने काम गर्दैछौँ : मुख्यमन्त्री गुरुङ

जनतालाई विकास दिने काम गर्दैछौँ : मुख्यमन्त्री गुरुङ
अ अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभएको छ । 

क्रियटिभ युथ क्लब तथा मध्यनेपाल नगरपालिका– ८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला– २०७८ को आज उद्घाटन गर्नुहुँदै उहाँले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीप लगायत क्षेत्रमा प्रदेश सरकारले सक्रियपूर्वक काम गरिरहेको बताउनुभयो । 

मुख्यमन्त्री गुरुङले भन्नुभयो, “१४४ वटा मोटरेबल पुल निर्माण गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने आठ मिटर फराकिलो बाटो ४०÷ ५० वर्षसम्म टिक्ने गरी बनाउने, पाँच लाख ७८ हजार घरधुरीमै धारा र बिजुली पु¥याउने अभियानमा प्रदेश सरकार लागिपरेको छ ।” जनतालाई विकासको बाटो देखाउनका लागिसमेत विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । 

मुख्यमन्त्री गुरुङले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय शासन प्रणाली महत्वपूर्ण रहेको उल्लेख गर्दै विगतका भन्दा सस्तो र गाउँघरमै सेवा सुविधा पु¥याउने भएकाले यो शासन प्रणालीलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

‘राष्ट्र विकासमा युवाको प्रतिबद्धता–लगनशील, सिर्जनशील सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ । संस्कृतिको जर्गेना, आर्थिक स्तर उकास्न, समृद्धि र पर्यटकीयस्थल बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको सो नगरपालिका–८ का वडाध्यक्ष अर्मित तामाङले बताउनुभयो । उहाँका अनुसार यस महोत्सवमा मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय झाँकी प्रदर्शनी, राष्ट्रव्यापी सेभेन साइजको फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानीय कृषि प्रदर्शनी रहेका छन् ।