२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा
अ अ+ अ-

भरतपुर । चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् । मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको हालसम्म रु ६३ हजार ५०० राजस्व सङ्कलन गरिएको पौडेलले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, नाक मुख बाँधेर पशु ओसारपसार गर्नु, चेकपोष्टमा दरपिट नगरी आउनु, पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र नलिई आउनुलगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ । पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एकापसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्नेलगायतका कुरा मापदण्डमा उल्लेख छ ।

डा पौडेलका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुुनुहुँदैन । स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँदै डा पौडेलले यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपक्षी अन्वेषण प्रयोगशाला, भरतपुरमा पठाएर जाँच गर्न लगाइने बताउनुभयो । चल्लाको हकमा बिक्री अनुमतिपत्रको आधारमा ढुवानी गर्न दिइने गरेको उहाँले जनाउनुभयो ।

पशु चिकित्सक डा पौडेलका अनुसार एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गराउँदा पशु स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । जाँच गरिएको प्रमाणपत्र देखाउन चितवन जिल्ला प्रवेश गरेका सबै पशुपक्षी ढुवानी गरेका सवारी रामनगर पुर्याउनुपर्ने हुन्छ । पश्चिमबाट पूर्व लैजान खोजिएका तथा पूर्वबाट पश्चिम लैजान खोजिएका पशु ढुवानी गरेका सवारीले चितवन आएपछि रामनगर लगेर प्रमाणपत्र देखाई दरपिट गर्नुपर्ने हुन्छ ।

पशु क्वारेन्टाइन जाँच गर्ने चौकीको नै देशमा कमी छ । चितवनबाट नजिक रहेका अरु पशु क्वारेन्टाइन चेकपोष्ट पूर्वतर्फ बाराको पथलैया, पश्चिममा दाङको भालुवाङ र काठमाडौँको नागढुङ्गा हुन् । काठमाडौँ लैजान लागिएको हकमा रामनगरमा जाँच भएपछि पुनः नागढुङ्गामा जाँच गरिन्छ । पोखरा लैजान लागिएको हकमा भने रामनगर नै अन्तिम जाँचस्थल हो । हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा–भैँसी राजधानीलगायतका शहरमा ढुवानी गरिन्छ । यस्तै विभिन्न स्थानबाट खसीबोकासहित विभिन्न पशुपक्षीको ढुवानी हुने गर्दछ ।