• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

मेसीले जिते कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड



एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओरको अवार्ड जितेका छन् ।

फ्रान्सको पेरिसमा सम्पन्न अवार्ड समारोहमा मेसीलाई अवार्ड प्रदान गरिएको हो । ३६ वर्षीय मेसीले कीर्तिमानी आठौं पटक अवार्ड जित्न सफल रहे । मेसीकै कप्तानीमा तथा सानदार प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप जितेको थियो ।

हाल अमेरिकन क्लब इन्टर मियमीमा आवद्ध रहेका मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए ।

यस्तै, स्पेनिस फुटबलर अइटाना बोनमाटीले महिलातर्फको बालोन डी’ओर अवार्ड हात पारिन् । स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन् ।