१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

वसन्त पञ्चमीमा ओलीको सन्देश – एमालेलाई संविधानको अपव्याख्या गरेर सरकारबाट हटाइयो

वसन्त पञ्चमीमा ओलीको सन्देश – एमालेलाई संविधानको अपव्याख्या गरेर सरकारबाट हटाइयो
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै वसन्त पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले सन्देशमा सरकारको नेतृत्व गरेर मुलुकलाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नबाट एमालेलाई रोकिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

'नेकपा (एमाले) नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी हो । सरकारमा रहंदा हामीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि मुलुकको नवनिर्माणको अभियान सञ्चालन गरेका थियौं। 'समृद्ध नेपाल, सुखी नेपाली' हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा (एमाले) ले यसलाई आफ्नो गन्तव्य बनाएको छ ।' ओलीले भनेका छन्, 'यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित नेकपा (एमाले) अघि बढिरहेको छ । हामीलाई संवैधानिक अपव्याख्याद्वारा सरकारबाट हटाइए पनि नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो यस गन्तव्यलाई हामी अवरोध पुऱ्याउन दिने छैनौं ।' 

अध्यक्ष ओलीको शुभकामना सन्देशः

वसन्त पञ्चमी श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रज्ञाप्रकोशको प्रतीकका रुपमा सरस्वती पूजा गरी वैदिक कालदेखि नै मनाईंदै आएको यस पर्वका अवसरमा काव्यविनोदीः स्रष्टा सर्जक, साहित्य, संगीत र कला साधक तथा ज्ञानका अध्येताहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस दिनलाई स-साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाईदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । जसअनुसार एक वर्षलाई ६ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रंगीन पुतलीहरुको ड्ड मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यता अनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । त्यसैले उनको वीणाबाट ब्रह्माण्डमा स्वर, संगीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ । सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन् । असल वा खरावको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।

नेकपा ९एमाले० नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी हो । सरकारमा रहंदा हामीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि मुलुकको नवनिर्माणको अभियान सञ्चालन गरेका थियौं। 'समृद्ध नेपाल, सुखी नेपाली' हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा ९एमाले० ले यसलाई आफ्नो गन्तव्य बनाएको छ। यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित नेकपा (एमाले) अघि बढिरहेको छ । हामीलाई संवैधानिक अपव्याख्याद्वारा सरकारबाट हटाइए पनि नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो यस गन्तव्यलाई हामी अवरोध पुऱ्याउन दिने छैनौं ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ । त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तिका रुपमा मनाइने वसन्तपञ्चमीका अवसरमा समस्त दिदीबहिनी दाजुभाइहरुमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस, वसन्त पञ्चमीको हार्दिक शुभकामना ।