१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ ।

आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० र म्युचुअल फन्ड शून्य दशमलव ४६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह शून्य दशमलव ८६ र व्यापार समूह शून्य दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रू तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ । रासस