२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आगलागी पीडितको पालमुनि बास

आगलागी पीडितको पालमुनि बास
अ अ+ अ-

डोटी । सामुदायिक वनमा लागेको ढडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन पीडितको पालमुनि बास भएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाई रात बिताउन उनीहरु बाध्य छन । 

 सामुदायिक वनमा लागेको आगो एकाएक भट्टी बजारमा मङ्गलबार राति आउँदा त्यहाँका तीन पसल जलेर नष्ट भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारको एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाईको एक पसल जलेर नष्ट भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बुडर शाखाले उपलब्ध गराएको पालको छानो बनाएर उनीहरु रात बिताउन बाध्य भएको जोरायल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रमिला जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागी पीडित तीन दिनदेखि सडकमै पाल टाँगेर बसेका छन्, उनीहरुलाई खान, बस्न, सुत्नमा समस्या छ, राहतका लागि पहल हुनसकेको छैन ।” आगलागीका कारण कम्तीमा पनि रु ३० लाख बराबरको पक्की घरसहित अन्य सम्पत्ति क्षति भएको बताइएको छ ।

यहाँका सामुदायिक वनमा लागेको आगो एकाएक भट्टी बजारमा आउँदा आगलागी भएको हो । आगलागीका कारण उनीहरुका होटेल तथा पसलमा भएका सम्पूर्ण सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । पछिल्लो एक महिनाअघिदेखि यहाँका सामुदायिक वनमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा गाउँघरमा आगलागी हुन थालेको छ । आगलागीबाट खाद्यान्नसहित लत्ताकपडा जलेर नष्ट भएपछि स्थानीयवासी र छिमेकीले पीडितलाई अहिले राहतस्वरुप आवश्यक सामग्री दिन थालेको भए पनि सरकारी निकयबाट राहतका लागि कुनै पनि पहल नभएको स्थानीयवासी तथा रेडियो घण्टेश्वर एफएमका स्टेशन मेनेजर शिव ओलीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वैशाख महिनाको टन्टलापुर घाममा पीडित खुला सडकमा पाल टाँगेर बसेका छन्, केही स्थानीयवासीले खानलाई दिए पनि सरकारी निकायबाट राहतका लागि कुनै पहल भएको छैन, जो आफैमा दुःखको कुरो हो ।” जिल्लास्थित एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा जलेर पनि नष्ट भएका छन् । 

यहाँका दिपायल सिलगढी, पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन नष्ट हुनाका साथै आगो गाउँ बस्तीमा आउन थालेको दिपायल सिलगढी नगरपालिका– ६ की ऐश्वर्या विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपर्दा सुख्खायामले जङ्गलमा आगलागी भएको छ, सयौँ हेक्टर जमीन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर नष्ट भएका छन् । स्थानीयवासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गइरहेको छ । 

डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ । जिल्लामा करीब ३५० सामुदायिक वन छन् । यहाँका सामुदायिक वन प्रायः गाउँघरसँग जोडिएकाले त्यहाँ फैलिएको आगो गाउँमा आउन थालिएकाले अब गाउँ नै जोखिममा परेकोप्रति स्थानीयवासीमा चिन्ता थपिएको छ । (रासस, विमलबहादुर विष्ट)