२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: आज नेपाल र सिङ्गापुर खेल्दै



अ+ अ-

काठमाडौं । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ। ८ टोली सहभागी हुने छनोटको उद्घाटन खेलमा आज नेपाल र सिङ्गापुरबीच प्रतिस्पर्धा हुँदैछ।

किर्तिपुरस्थित त्रिवि मैदानमा हुने आजको खेल बिहान ९ बजे सुरु हुनेछ।

यस्तै युएई र बहराइनबीचको खेल पनि बिहान ९ बजे नै सुरु हुनेछ। युएई र बहराइनबीचको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

आजकै अन्य खेलमा ओमान र माल्दिभ्स तथा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। ओमान र माल्दिभ्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः १५ बजे सुरु हुनेछ भने हङकङ र कुवेतबीचको खेल सोही समयमा मूलपानी मैदानमा हुनेछ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।