६ श्रावण २०८३, बुधबार
,
Latest
डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: आज नेपाल र सिङ्गापुर खेल्दै



अ+ अ-

काठमाडौं । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ। ८ टोली सहभागी हुने छनोटको उद्घाटन खेलमा आज नेपाल र सिङ्गापुरबीच प्रतिस्पर्धा हुँदैछ।

किर्तिपुरस्थित त्रिवि मैदानमा हुने आजको खेल बिहान ९ बजे सुरु हुनेछ।

यस्तै युएई र बहराइनबीचको खेल पनि बिहान ९ बजे नै सुरु हुनेछ। युएई र बहराइनबीचको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

आजकै अन्य खेलमा ओमान र माल्दिभ्स तथा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। ओमान र माल्दिभ्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः १५ बजे सुरु हुनेछ भने हङकङ र कुवेतबीचको खेल सोही समयमा मूलपानी मैदानमा हुनेछ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।