१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो
file
अ अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय समाचार समिति (रासस)बाट चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण  भएपछि उहाँले सो चासो व्यक्त गर्नुभएको हो । “अग्रपङ्क्तिमा खटिएका चिकित्सकले समयमै तलबभत्ता नपाउनु दुःखद् हो । सम्बन्धित निकायबाट विस्तृतरूपमा जानकारी पाएपछि मैले गर्नुपर्ने सबै सहयोग गर्छु ।”उहाँले भन्नुभयो । 

दमौली अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत डा आस्था रेग्मी, डा राजु रानामगर, डा दिवस ढकाल, डा सुनयन सुवेदी, डा सिन्चन पाण्डे, डा पूजा सैँजु, डा प्रशन्न कार्की, डा अभिनन्दन तिवारी, डा सञ्जीव भण्डारी, डा कृष्ण गिरी र डा सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएपछि गत शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए । 

विपद्मा रेडक्रसको भूमिका सराहनीयः नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उहाँले विपद्को घडीमा रेडक्रसले पुर्याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताउनुभयो । 

तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गर्नुभएको थियो । अधिवेशनले उपशाखाको सभापतिमा इन्द्रबहादुर आलेलाई चयन गरेको छ । 

उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन हुनुभएको छ । सदस्यमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन हुनुभएको छ । यसैगरी  रेडक्रस  तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ ।