२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची



अ+ अ-

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ । 

प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्नु हुनेछ । 

अमेरिकी वरिष्ट दुई अधिकारीहरुले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लाग्नु भएको हो । बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ ।

दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छः बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु । 

जापानी विदेश नीति इन्स्टिच्यूटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताउनुभयो ।

चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ । (रासस–एएफपी)