२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप छनोट: भोलि नेपाल र सिंगापुर खेल्दै



File Photo: CAN
अ+ अ-

काठमाडौँ । आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट भोलि (सोमबार) देखी नेपालमा सुरु हुँदैछ । भोली नेपालले पहिलो म्याच सिंगापुरविरुद्ध खेल्दैछ । किर्तीपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीमले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो ।

नेपाल भर्सेस सिंगापुर: दुबै टिमका इम्प्याक्ट खेलाडि

दीपेन्द्रसिंह ऐरी – नेपाल
अलराउण्डर दीपेन्द्रसिंह ऐरी घरेलु टोली नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अनुभबी खेलाडि हुन्। दीपेन्द्रले नेपालको लागि ५२ टि२० आई खेलेका छन् । जसमा उनले १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । साथै उनले २५ विकेट पनि लिएका छन् ।

टोलीका प्रमुख अफ स्पिनर समेत रहेका दीपेन्द्रले नेपालबाट पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्नेछन् ।त्रिकोणात्मक टि२० आई सिरिजमा उनले उच्च प्रदर्शन गरेका थिए । यस्तै, एसियन खेलकुदमा उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएका थिए ।

सुरेन्द्रन चन्द्रमोहन – सिंगापुर

सिंगापुरका ओपनर ब्याटर सुरेन्द्रन चन्द्रमोहन टोलीका प्रमुख खेलाडी हुन् । उनले सिंगापुरको लागि ३३ टि२० आई खेलेका छन् । जसमा १ शतक र ३ अर्धशतकसहित कुल ७ सय ५६ रन बनाएका छन् ।

उनमा ओपनिङ र मध्यक्रम कुनैपनि स्थानमा राम्रो गर्न सक्ने क्षमता रहेको छ । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ५२ बलमा ७ चौका र ७ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालको टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

सिंगापुरको टोली:
अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज ।