१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

टी-२० विश्वकप छनोट: भोलि नेपाल र सिंगापुर खेल्दै

टी-२० विश्वकप छनोट: भोलि नेपाल र सिंगापुर खेल्दै
File Photo: CAN
अ अ+ अ-

काठमाडौँ । आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट भोलि (सोमबार) देखी नेपालमा सुरु हुँदैछ । भोली नेपालले पहिलो म्याच सिंगापुरविरुद्ध खेल्दैछ । किर्तीपुरस्थित टियू मैदानमा हुन लागेको खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीमले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो ।

नेपाल भर्सेस सिंगापुर: दुबै टिमका इम्प्याक्ट खेलाडि

दीपेन्द्रसिंह ऐरी – नेपाल
अलराउण्डर दीपेन्द्रसिंह ऐरी घरेलु टोली नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अनुभबी खेलाडि हुन्। दीपेन्द्रले नेपालको लागि ५२ टि२० आई खेलेका छन् । जसमा उनले १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । साथै उनले २५ विकेट पनि लिएका छन् ।

टोलीका प्रमुख अफ स्पिनर समेत रहेका दीपेन्द्रले नेपालबाट पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्नेछन् ।त्रिकोणात्मक टि२० आई सिरिजमा उनले उच्च प्रदर्शन गरेका थिए । यस्तै, एसियन खेलकुदमा उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएका थिए ।

सुरेन्द्रन चन्द्रमोहन – सिंगापुर

सिंगापुरका ओपनर ब्याटर सुरेन्द्रन चन्द्रमोहन टोलीका प्रमुख खेलाडी हुन् । उनले सिंगापुरको लागि ३३ टि२० आई खेलेका छन् । जसमा १ शतक र ३ अर्धशतकसहित कुल ७ सय ५६ रन बनाएका छन् ।

उनमा ओपनिङ र मध्यक्रम कुनैपनि स्थानमा राम्रो गर्न सक्ने क्षमता रहेको छ । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ५२ बलमा ७ चौका र ७ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालको टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

सिंगापुरको टोली:
अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज ।