२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पर्वतारोहण संघले कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदै



अ+ अ-

काठमाडौँ । नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ ।

संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताएको हो ।

संघका महासचिव मोहन लम्सालले सन् २००९को डिसेम्बर ४ मा मन्त्रीपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताउनु भयो । उहाँले विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउन लागेको बताउनु भयो ।

उहाँले शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरुमा पर्न गएको अवसर बारेमा सन्देश दिने अपेक्षा रहेको बताउनु भयो । उहाँले संघले ५० औं स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहशिक पर्वतारोही पुरस्कार स्थापना गरी हेरक वर्ष साहसीक महिलालाई प्रदान गरिने बताउनु भयो । उहाँले पर्वतीय पर्यठनमा नेपाली महिलाहरुको उत्साहजनक सहभागितालाई थप प्रोत्साहन गर्ने साहशिक महिला आरोहीहरुलाई पुरस्कृत गर्न लागेको बताउनु भयो ।

त्यस्तै संघका अध्यक्ष निमा नुरु शेर्पाले नेपालको गौरव सगरमाथामा विश्व शान्तिको सन्देश जरुरी रहेकाले लुम्बीनीबाट शान्तिको दीप प्रज्ववलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्ववलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउने लागेको बताउनु भयो । उहाँले आधारशिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदा पर्वतारोहीहरु सगरमाथा चढ्दा नेपालमा नै रहेको अनुभुति दिन सकिने बताउनु भयो । उहाँले हिमालको अगाडि नेपालको राष्ट्रिय झण्डा राख्दा नेपाल हिमालको लागि प्रसिद्ध हो भन्ने सन्देश जाने बताउनु भयो ।

संघले ५० औं स्थापना दिवसको अवसरमा एशियाली पर्वतारोहण महासंघको साधरणसभा काठमाडौंमा गर्ने भएको छ । एशिया महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाहरुको रुपमा रहेको महासंघको साधरण सभामा एशिया महादेशका १८ वटा अल्पाइन क्लवहरुका प्रतिनिधिहरु सहभागिता हुनेछ ।