३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाएको छु – रिचा शर्मा



अ+ अ-

काठमाडौं । नायिका रिचा शर्माले ट्वीटर मार्फत आफु गर्भवती भएको जानकारी दिएकी छन् । उनको ट्वीटमा उनले आफ्नो आमाले भनेका कुराहरुलाई स्मरण गरेर यस्तो लेखेकी हुन् ।

उनको आमाले आफ्नो सन्तान भएपछि थाहा पाउछस् भनेको जिकिर गरेकी छन् । उनले लेखेकी छन्, "एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा,आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन।आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ।"

उनले आफु गर्भवती भएको ख़ुशी बाँडन पाउदा आफु सम्पूर्ण महसुश भईरहेको पनि बताएकी छन् । उनले थप्दै लेखेकी छन्, "एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो।"

उनले नयाँ वर्षसहित आएको यो खुशीलाई स्वागत गर्दै घरको दैलोमा श्रीमानसँग सजीवनको रुख रोपेको बताएकी छन् । साथै उनले भनिन् "यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, 'छोरी आज ठुली भई'।"