१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस सोमबार पोखरा आउनुहुने

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस सोमबार पोखरा आउनुहुने
अ अ+ अ-

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमबार पर्यटकीय नगरी पोखरा आउनुहुने भएको छ । नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आउनुभएका महासचिव गुटेरेसको भ्रमण कार्यतालिकामा पोखरा समावेश गरिएको छ । भ्रमणका क्रममा सोमबार दिउँसो पोखरा आउनुहुने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राससलाई जानकारी दिनुभयो ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था मजबुद पारिएको उहाँले जानकारी दिनुभयो ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने जनाइएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । महासचिव गुटेरेसको भ्रमणमा पर्यटकीय नगरी पोखरा समेटिनुले पोखराको गरिमा र महत्त्व अझै बढ्ने विश्वास लिइएको छ ।

अतिविशिष्ट व्यक्तिको पोखरामा हुन लागेको भ्रमण आफूहरूका लागि ठूलो गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुुभयो । “महासचिव गुटेरेस पोखरा आउनुहुने कुरा हाम्रा लागि अत्यन्त खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “पोखराबाट अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तन, यसले पारेका प्रभाव, हिमालको अवस्था आदिको स्थलगत अवलोकनसँगै स्थानीयसँग गर्ने भनिएको छलफल एवं अन्तक्र्रियाले ठूलो महत्त्व राख्दछ ।” आफूहरू महासचिव गुटेरेसको स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुभयो ।

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रुपमा चर्चा कमाएको अन्नपूर्ण हिमालको आधार शिविरमा संयुक्त राष्ट्रसङ्घका महासचिव स्वयं आउन लाग्नुभएको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । महासचिवको आगमनले अन्नपूर्ण हिमाल, आधार शिविरसँगै समग्र यस क्षेत्रको विश्वव्यापी प्रवद्र्धन हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।

अतिविशिष्ट व्यक्तिको भ्रमणस्थलका रुपमा स्थापित हुँदै पोखरा

प्रकृतिको बरदान पाएको पोखरा अतिविशिष्ट व्यक्तिको भ्रमणस्थल बन्दै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यले पर्यटकीयरुपमा महत्व पाएका हुन् ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रापछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो ।

इतिहास खोतल्दा यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि पोखराको भ्रमण गर्नुभएको थियो । त्यसयता पोखरामा २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्त्वलाई अभैm बढाएको थियो । पोखरामा २०७६ कात्तिकमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा शयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुभएको थियो ।

पोखरा आउनुभएका अतिविशिष्ट व्यक्तिले सुन्दर सहर, प्रकृतिको बरदान आदि उपमा दिनुले पनि यहाँको प्रवद्र्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण अवसरका रुपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ ।

“महासचिवको भ्रमण तालिकामा पोखरा समावेश हुनु नै हाम्रा लागि ठूलो खुसीको विषय हो”, श्रेष्ठले भन्नुभयो, “सुन्दर नगरीमा हुन लागेको उहाँको भ्रमण पोखराको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ, पोखरा महासचिव गुटेरेसको स्वागतको पर्खाइमा छ ।”