२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

“तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह- २०७८” शुभारम्भ

“तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह- २०७८” शुभारम्भ
अ अ+ अ-

काठमाडौं । नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले मिति २०७८ वैशाख ०२ गतेदेखि ऐ। ०९ गतेसम्म संचालन हुने “तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह( २०७८” कार्यक्रमको बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहकाबीच जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा शुभारम्भ गर्नु भएको   छ । 

उक्त कार्यक्रममा बलाधिकृत शर्माले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै गौरवशाली इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापनाकाल देखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राख्दै नेपाली जनताको विश्वासको केन्द्रविन्दु बन्‍न सफल भएको र यसको मूख्य श्रेय अनवरत निश्वार्थ सेवा गर्ने नेपाली सेनाका भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जाने बताउनु भएको थियो ।

साथै, संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच वहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर, उर्जाशिल बनाउन अपरिहार्य रहेको बताउंदै बलाधिकृत शर्माले सकलदर्जाले आफ्नो आचरण मर्यादित र नैतिकवान बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरु सबैले स्वस्फूर्त स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रहि कार्यसम्पादन गर्न अपरिहार्य रहेको बताउनु भएको थियो ।

नेपाली सेनाका सकलदर्जाको उपस्थितिमा संचालन भएको उक्त कार्यक्रममा मानवीय आचरण तथा मूल्य मान्यता सम्बन्धमा महन्त श्री १०८ स्वामी पुरुषोत्तम महाराजज्यूबाट अभिप्रेरणात्मक प्रवचन भएको थियो भने सैनिक आचार संहिता सम्बन्धी डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।