२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

अमेरिकी दूताबासबाट लक्ष्मी नारायणको मूर्ति हस्तान्तरण

अमेरिकी दूताबासबाट लक्ष्मी नारायणको मूर्ति हस्तान्तरण
अ अ+ अ-

काठमाडौ । नेपालबाट चोरी गरेर अमेरिका पुर्योइएको  लक्ष्मी नारायणको मूर्ति नेपालले फिर्ता पाएको छ । नेपालस्थित अमेरिकी मिशन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा सो कलाकृतिहरू बिहिबार काठमाडौं फिर्ता आइपुगेका हो I

नेपाल आईपुगेको लक्ष्मी-नारायणको मूर्ति एक कार्यक्रममा बिच ललितपुर उपमहानगरपालीकाका प्रमुख चिरिबाबु महर्जनलाई दुताबासले हस्तान्तरण गरेको छ ।  दुताबासले काठमाडौं उपत्यका यो समयमा विभिन्न जात्रा र वसन्त ऋतुले गर्दा रङ्गीन देखिने गर्दछ, यो समयलाई सही तरीकाले मनाउन नेपालबाट हराएका ऐतिहासिक लक्ष्मी-नारायणको मूर्तिलाई आफ्नो पहिलेकै स्थानमा पुनर्स्थापित गर्नेभन्दा उत्तम उपाय के हुनसक्ला  भन्दै हस्तान्तरण गरेको जनाएको छ ।

 यी ऐतिहासिक सम्पदालाई स्वागत गर्दै गर्दा हामी यो अभियान र अमेरिका(नेपाल बिचको जनस्तरको सम्बन्धलाई अझै मजबुत बनाउनमा सघाउने भन्दै सबैलाई  दुताबासले हृदयदेखिनै आभार व्यक्त  गरेको छ ।  ३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको थियो । 


१२औँ र १५औँ शताब्दीबिचको उक्त मूर्ति  सन् १९८४ मा हराउनुअघि पाटनमा रहेको थियो  । नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ । हराएको छ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो ।

दुताबासका अनुसार एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले  तस्बिर खोजीका माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला  पारेका थिए ।

त्यस लगत्तै फिर्ताको  प्रक्रियाहरु सुरु भएको थियो । दुताबासले  २००३ देखि निरन्तर झन्डै २५ परियोजना र लगभग ३८ लाख डलरको सहयोगमा अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत नेपालका विभिन्न सम्पदाको संरक्षणमा सघाइरहेको कुराको पनि स्मरण  गरेको छ ।