• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’

क्रिकेट विश्वकप: अष्ट्रेलियाविरुद्ध न्युजिल्यान्डले टस जित्यो



एजेन्सी । आईसीसी पुरुष विश्वकप २०२३ को २७औं खेलमा अष्ट्रेलियाविरुद्ध न्युजिल्यान्डले टस जितेको छ । धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको टस जितेर न्युजिल्यान्डका कप्तान टम लाथमले पहिला फिल्डिङ रोजेका छन् ।

अघिल्लो खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले पराजित गरेको थियो ।अर्कोतर्फ न्युजिल्याण्डले भारतसँग ४ विकेटले हार बेहोरेको थियो ।जारी विश्वकपमा खेलिएका ५ खेलमध्ये अष्ट्रेलियाले ३ खेल जितेर अंक तालिकाको चौथो स्थानमा छ भने न्युजिल्यान्डले ४ खेल जितेर वरियतामा तेस्रो स्थानमा छ ।

हेड टु हेड
अस्ट्रेलिया र न्युजिल्याण्डले एकदिवसीयमा हालसम्म १ सय ४१ पटक आमनेसामने भएका छन्। अष्ट्रेलियाले ९५ खेल जितेको छ भने न्यूजिल्याण्डले ३९ खेल जितेको छ । ७ खेल भने नतिजाविहीन भएका छन् ।

अष्ट्रेलियाको प्लेइंग इलेवनः
डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, जोस इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, एडम जाम्पा, जोस हेजलवुड ।

न्युजिल्याण्डको प्लेइंग इलेवनः

डेभन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान विकेटकिपर), ग्लेन फिलिप्स, जेम्स निशम, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट ।