२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

घट्टटोलका कृषक भकारो सुधार अभियानमा

घट्टटोलका कृषक भकारो सुधार अभियानमा
अ अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रममार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो । 

“खेर गइरहेको गहुँतलाई सङ्कलन गर्न र मलमा नाइट्रोजन उडेर नष्ट हुन नदिन भकारो सुधार गरिएको हो”, उहाँले भन्नुभयो, “माटोको उर्बर शक्ति बढाउन भकारो सुधार अभियानले सहयोग पुग्ने अपेक्षा छ ।” गाईभैँसी बस्ने ठाउँ ढलान, मूत्र सङ्कलन गर्ने पोखरी र मलखादमा छाप्रो बनाएका छन् । मललाई घामपानीबाट जोगाउन सकेमा नाइट्रोजन उडेर नष्ट हुँदैन । पोखरीमा सङ्कलित मूत्रलाई जैविक विषादीका रुपमा प्रयोग गर्न सकिन्छ । 

समूहले गत वर्ष ३७ जना कृषकलाई भकारो सुधार गर्न रु २० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । चालू आर्थिक वर्षमा थप १५ वटा भकारो सुधार गर्न रु ३५ हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको समूहले जनाएको छ । यसअघि गाईभैँसीको गोठ व्यवस्थित थिएन । खुला ठाउँमा मल थुपार्ने गर्दथे । खेतबारीमै गाईबस्तु बाध्ने चलन थियो । भकारोको मूत्र सङ्कलन नहुँदा त्यसै बगेर खेर जान्थ्यो । परम्परागत भकारोलाई सुधार गरेर व्यवस्थित बनाएपछि गुणस्तरीय मल उत्पादन हुनुका साथै खेतीबालीमा लाग्ने रोगकिरा नष्ट गर्न सङ्कलित मूत्र प्रयोग गर्न थालेका छन् ।  

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राङ्गारिकखेतीका माध्यमबाट वातावरणमा स्वच्छतासँगै कृषकको आयआर्जन सुधारका लागि घट्टटोलमा गत आर्थिक वर्ष २०७६-०७७ देखि मुख्यमन्त्री वातावरणमैत्री कृषि नमूना गाउँ कार्यक्रम सञ्चालन गरेको थियो । आव २०७६-७७ मा रु २५ लाख विनियोजन भएको कार्यक्रमका लागि यस वर्ष पनि थप रु २५ लाख विनियोजन भएको छ । समूहमा ५८ घरधुरी कृषक आबद्ध भएका छन् । गत वर्ष आठ हजार ५०० सुन्तला, एक हजार ६०० ओखर र नौ हजार ३०० टिम्मुर र एक हजार वटा अलैँचीका बिरुवा वितरण गरिएको कृषि प्राविधिक विनिता केसीले बताउनुभयो । 

समूहमा प्रयोग गर्ने गरी सात वटा खेतबारी जोत्ने मिनिटेलर हलो उपलब्ध गराइएको छ । तीन वटा सुन्तलाको बिरुवा रोप्ने औजारको व्यवस्था गरेका छन् । दुई वटा सिँचाइ पोखरी निर्माण गरेर तीन हजार ५०० मिटर पाइप वितरण गरेका छन् । “यस वर्ष रु चार लाख बराबरको बिरुवा वितरण गर्ने कार्यक्रम छ, सुन्तला, कागती प्रजातिका बिरुवालाई जोड दिएका छौँ, कृषि प्राविधिक केसीले भन्नुभयो, “पन्ध्र वटा भकारो सुधार र तीन वटा सिँचाइ पोखरी निर्माण हुँदैछ । कृषकलाई स्थलगत तालीम प्रदान र भ्रमण कार्यक्रम सकिएको छ ।

घट्टटोलका कृषकले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिकरूपमा सुन्तलाका बिरुवा लगाउन थालेका छन् । स्थानीय बालकृष्ण कटुवालले वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै स्वरोजगार बन्न सुन्तलाखेती गरेको बताउनुभयो । सो ठाउँका करीब १० जना युवाले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा कृषक कटुवालले बताउनुभयो ।

“एक रोपनी खेतबारीमा ५०० सुन्तलाका बिरुवा लगाएको छु । केराखेती, माछा र माहुरीपालन पनि गरेको छु”, उहाँले भन्नुभयो, “घट्टटोल सुन्तला गाउँमा परिणत भएको छ । धेरैले सुन्तला लगाउनुभएको छ । धान, कोदो, मकैको तुलनामा कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले सुन्तलाखेतीमा आकर्षित भएका हौँ ।” 

गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा हरेक वर्ष एक-एक वटा मुख्यमन्त्री वातावरण मैत्री कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दी क्षेत्र (क)मा पहिलो वर्ष बेनी नगरपालिका–४ सिंगा र भगवतीमा कार्यक्रम लागू भएको प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । क्षेत्र ९ख० को मङ्गला गाउँपालिकाको तोराखेत, कोत्रवाङ, सिम, सातबिसे, पोक, मालिका गाउँपालिकाको बिम र धवलागिरि गाउँपालिकाको खाम्लामा सो कार्यक्रम लागू भएको छ ।