२२ असार २०८३, सोमबार
,
Latest
आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले रेकर्ड राखेको बुट अक्सनमा



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले बार्सिलोनाका लागि ६४४ औं गोल पूरा गर्दै रेकर्ड बनाउने क्रममा लगाएको बुट अक्सनमा राखिएको छ ।

मेसीले बार्सिलोना क्लबको इतिहासमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रेकर्ड राखेका छन् ।

उनले म्युजियो नेश्नल डी आर्टलाई उक्त बुट प्रदान गरेका हुन् । उक्त संस्थाले त्यस अक्सनबाट उठेको रकम बार्सिलोनामा आर्टस र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताएको छ ।

एउटै क्लबका लागि ६४४ गोल गर्दा आफू निकै खुसी रहेको मेसीले अक्सनबारे बोल्दै भनेका छन् ।

उनले २०२० को डिसेम्बर २२ मा भालाडोलिडविरुद्ध ६४४ औँ गोल गर्दै पेलेको सान्टोसका लागि गरेको ६४३ गोलको रेकर्ड तोडेका थिए ।