२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

पत्रकार मिश्रको निधनले स्तब्ध

पत्रकार मिश्रको निधनले स्तब्ध
अ अ+ अ-

भक्तपुर । ‘टेकु अस्पतालको भेन्टिलेटरमा निकै सकस काट्दै कोरोनासँग लडिरहेको छु, अब भने बाँच्ने आशा पलाएको छ, सत्कर्ममा लागौँ, राधे राधे ।’ विर्तामोड नगरपालिका–८ झापा घर भई विगत १५ वर्षभन्दा बढी भक्तपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका द्वन्द्वपीडित पत्रकार ४९ वर्षीय पत्रकार कमल मिश्र माथिको वाक्य लेखेको एक हप्ता पनि नबित्दै अन्ततः कोरोनासँग हार्दै सधँैका लागि अस्ताउनुभयो । उहाँको वैशाख १ गते राति कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो ।  

झापाबाट कम्युनिष्ट आन्दोलनसँगै पत्रकारिता शुरु गरेका पत्रकार मिश्रको निधनले भक्तपुरका क्रियाशील पत्रकारलाई स्तब्ध बनाएको छ । मानव अधिकारवादी संस्था इन्सेक अनलाइनमा समेत लामो समय पत्रकारिता गरेका मिश्रले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सम्बोधन, दृष्टि, जनधारणा, जनादेश साप्ताहिक, नयाँ सडक दैनिक, जनदिशा दैनिक, इन्सेक अनलाइन हुँदै नेपाल समाचार पत्र र महानगर दैनिकमा संवाददाता रहेर पत्रकारिताको तीन दशक यात्रा पूरा गर्नुभएको थियो । 

पत्रकारिता क्षेत्रको चर्चित ‘भूषण जोशी पत्रकारिता पुरस्कार’ पाएका उहाँले आफ्नै सम्पादनमा गणतन्त्र साप्ताहिकसमेत प्रकाशित गर्नुभएको थियो । तत्कालीन माओवादी जनयुद्धकालको पहिलो सङ्कटकालमा माओवादीको आरोपमा ज्यान जोखिममा परेपछि भागेर भारतस्थित ससुराली पुगेका मिश्रलाई माओवादीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरी निकै यातना दिएको उहाँले आफ्नै लेखमा चर्चा गर्नुभएको छ । 

भारतमा एउटा आँखा गुमाउनु परेको र शरीर अङ्गभङ्ग भएपछि झापामा भएको आफ्नो सबै सम्पत्ति बिक्री गरी उपचार गराएका मिश्रले दोस्रो सङ्कटकालमा पनि झापाबाट ज्यान जोगाउन भागेर काठमाडौँ आएर नेपाल पत्रकार महासङ्घको कार्यालयमा केही दिन आश्रय लिनुभएको उहाँले बताउनु भएको थियो । 

विसं २०६२-६३ को जनआन्दोलनपछि भने पत्रकार मिश्र खुल्ला भएर हिँडेको र भक्तपुरस्थित दुवाकोटमा भाडाको कोठामा श्रीमती र बालिका तीन छोरीका साथ बस्दै भक्तपुरबाट पत्रकारितामा निरन्तरता दिँदै आउनुभएको थियो । स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गत चैत १३ गतेदेखि शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल टेकुमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहँदा पनि उहाँले साथीहरुलाई फोन गर्दै आफ्नो अवस्थाका बारेमा जानकारी गराउँदै आउनुभएको थियो । रासस