भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शुक्रबार विहान भक्तपुरको चुनदेवीमा करिब ११ बजे सल्लाघारीबाट सुर्यविनायक तर्फ आउँदै गरेको प्रदेश ३ को ८२५० नम्बरको मोटर साइकल दुर्घटना भएको हो ।
महानगरीय ट्राफिक कार्यालय भक्तपुरका प्रमुख सुमन न्यौपानेले दुर्घटनामा मृत्यु हुनेको पहिचान अहिलेसम्म नखुलेको बताउनुभयो ।











