• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

इंग्ल्यान्ड लगातार तेस्रो खेलमा पराजित, सेमिफाइनलको सम्भावना कठिन



काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा लगातार तेस्रो खेलमा पराजित भएको छ । श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै इंग्ल्यान्डको सेमिफाइनल सम्भावना कठिन बनेको छ । खराब ब्याटिङ लयमा फर्किएको इंग्ल्यान्डले श्रीलंकालाई १ सय ५७ रनको सामान्य लक्ष्य दिएको थियो । उकत लक्ष्य श्रीलंकाले २५ ओभर आगवै खेल सक्कायो ।

श्रीलंकाले २५.४ ओभरमा दुई विकेटको क्षतीमा आफ्नो लक्ष्य पुरा गर्यो । श्रीलंकाको लागि पथुम निसान्का र सदीरा समाराविक्रामाले अबिजित अर्धशतकिय ईनिङ खेले । निसान्का ८३ बलमा ७ चौका र २ छककाको सहयोगमा ७७ रन बनाए । यस्तै, सदीराले ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रन बनाए । तेस्रो विकेटका लागि सदिरा र निसांकाले १ सय ३७ रनको सानदार शतकीय साझेदारी गरेका थिए । यस्तै, ओपनर कुशल परेरा ४ र कप्तान कुशल मेन्डिस ११ रनमा आउट भए ।

इंग्ल्यान्डका डेविड विल्लीले ५ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । इङल्यान्डका लागि बेन स्टोकले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, जोनी बेयरस्टोले ३०, डेविड मलानले २८ र डेबिड बिलेले १५ रन बनाएका थिए । यि बाहेक इङल्यान्डका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर सरवाधिक तीन विकेट लिएका थिए । यस्तै, एन्जिलो म्याथयु र कसुन रजिथाले समान २ विकेट लिदा महीश थिक्सनाले एक विकेट लिए ।

इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । घरेलु टोली भारत भने ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान छैटौं स्थानमा रहेको छ ।