२ पुष २०८२, बुधबार
,
Latest
दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमफेदीमा स्कुटर दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान घाइते



अ+ अ-

मकवानपुर । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

उहाँका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे । रासस