२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध
अ अ+ अ-

एजेन्सी । प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ। ती प्रतिबन्धहरूले दर्जनौँ रुसी संस्थाहरू र अधिकारीहरूलाई निसानामा पारेको छ।

ह्वाइटहाउसले "रुसको हानिकारक वैदेशिक गतिविधिहरूू रोक्नु उक्त प्रतिबन्धको उद्देश्य रहेको बताएको छ। वक्तव्यमा गत वर्षको ठूलो "सोलारविन्डस्" ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ। मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बाइडनको संवाद भएको थियो।

त्यस्तै २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप त्यसमा लगाइएको छ। रुसले ती आरोपहरू अस्वीकार गरेको छ र भनेको छ- उसले त्यस्तै प्रकारले प्रतिउत्तर दिनेछ। बिहीवार घोषित प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ। यसले अब दुई महाशक्ति राष्ट्रहरू तनावपूर्ण सम्बन्धको अवस्थामा पुगेका छन्।

गत महिना क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रुसी अधिकारीहरू र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको थियो। मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको "बलियोसँगु रक्षा गर्ने प्रतिज्ञा गरेका थिए। तर त्यसबेला उनले सहकार्यका क्षेत्रहरूको पहिचान गर्न र सँगै काम गर्नका लागि पुटिनसँग भेटको प्रस्ताव पनि गरेका थिए। प्रतिबन्धहरू घोषणा भएलगत्तै रुसी विदेश मन्त्रालयले त्यसलाई "खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदमू भनेको छ। उसले यस्तोखाले आक्रामक व्यवहारको निर्णायक प्रतिउत्तर दिने जनाएको छ।

रुसी विदेश मन्त्रालयले मस्कोस्थित अमेरिकी दूतलाई बोलाएको छ। यूरोपेली सङ्घ, नेटो र यूकेले अमेरिकी प्रतिबन्धको समर्थनमा वक्तव्य निकालेका छन्। (बीबीसी नेपाली)