४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सांस्कृतिक पर्वलाई राजनीतिकरण गर्नेहरु बिरुद्ध

सांस्कृतिक पर्वलाई राजनीतिकरण गर्नेहरु बिरुद्ध
अ+ अ-

एक्काइसौ शताब्दीमा जन्मेर पनि कुनै खास वंशको शासन परम्परा स्वीकार गर्ने आधुनिक रैतीलाई हाम्रो भन्नु केही छैन। नेपाली जनताले कुडाकर्कटमा परिणत गरेर इतिहासको रछ्यानमा थन्काई सकेको षड्यन्त्रको “तन्त्र” राजतन्त्र अझै जीवित रहेको दिवा सपनामा रहेकाहरुलाइ ब्युझाउनु पर्ने भो ।

हजारौं जनताको बलिदानबाट स्थापित भएको लोकप्रिय व्यवस्था गणतन्त्र बिरुद्ध बिष बमन गरिरहेकाले रास्ट्रपतिबाट टीका लगाउन नहुने सात कुतर्क गरिरहेकाले उनीहरुका सबै कुतर्क खारेज गर्दछु। चितवनमा पारिवारिक भेट र दशैँ मिलन सकेर म सोझै काठमाण्डौ आएर प्रथम रास्ट्रपति महामहिम रामवरण यादवसँग सम्पर्क गरें । उहाँ जनकपुर जानु भएकाले टेलिफोनमै आशिष ग्रहण गरें।

त्यसपछि सोझै दोस्रो रास्ट्रपति महामहिम विद्यादेवी भण्डारी ज्युकोमा गएर टीका र आशिष ग्रहण गरें। उहाँलाई मेरो कविता संग्रह उपहार पनि दिएँ।

त्यसपछि म नेपालका वर्तमान रास्ट्रपति महामहिम रामचन्द्र पौडेलज्युसँग टीका र आशिष ग्रहण गर्न पुगें । यसअघि मेरा राजनीतिक तथा पारिवारिक अविभावक आदरणीय दाइ जनार्दन शर्मासँग मैले टीका र आशिष ग्रहण गरें।

हजारौं गणतन्त्रबादीहरुसँगै टीका ग्रहण गरेर म शीतलनिवास र बुढानिलकण्ठ यात्रा गरिरहँदा हाम्रो राजनीतिक धरोहर रास्ट्रपति संस्थामाथि बिष बमन गरिरहेका केही दर्जन मण्डले रैतीहरु ज्ञानेन्द्र निवास बाहिर लाम लागेर उनीबाट टीकाको प्रतीक्षामा थिए। उनीहरुलाई आफ्ना प्रभुको पूजा आराधना गर्ने अधिकार यो गणतन्त्रमा सुरक्षित छ जुन हिजोको राजतन्त्रात्मक दैत्य राजमा “हामीलाई गणतन्त्र चाहिन्छ” भनेर सास फेर्ने अधिकार पनि थिएन।

उनीहरुका ‘भगवान’लाई उनीहरु जसरी पुजुन् तर हामी हाम्रा जनता भगवानले चुनेका हाम्रा मानिस रास्ट्रप्रमुखलाई सबैभन्दा बढी श्रद्धा गर्छौ। र, हामी उनैका हातको टीका लगाउँछौ। बिगत दुई दशक यताको दशैँ गणतन्त्रको विजय र राजतन्त्रको पराजयको दशैँ हो। कसै कसैलाई मृत राजतन्त्रको मशानघाटमा रोदन क्रन्दन गर्न मन छ भने त्यो उनको अधिकार सुरक्षित छ।

बिजया दशैंमा उनीहरुमा रैतीबाट स्वाधीन मानव बन्ने चेतना पलाओस शुभकामना। दशैँ सद्भाव र मिलनको पर्व हो , यो सांस्कृतिक पर्बलाई राजनीतिकरण गरेर समाजलाई फेरि विभाजनको भूमध्यरेखा तर्फ डोर्याउने एक दुई विभाजनकारीलाई जनताले जवाफ दिनेछन। दिएका पनि छन्।

मनऋषि धिताल पत्रकार हुनुहुन्छ