• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सांस्कृतिक पर्वलाई राजनीतिकरण गर्नेहरु बिरुद्ध



एक्काइसौ शताब्दीमा जन्मेर पनि कुनै खास वंशको शासन परम्परा स्वीकार गर्ने आधुनिक रैतीलाई हाम्रो भन्नु केही छैन। नेपाली जनताले कुडाकर्कटमा परिणत गरेर इतिहासको रछ्यानमा थन्काई सकेको षड्यन्त्रको “तन्त्र” राजतन्त्र अझै जीवित रहेको दिवा सपनामा रहेकाहरुलाइ ब्युझाउनु पर्ने भो ।

हजारौं जनताको बलिदानबाट स्थापित भएको लोकप्रिय व्यवस्था गणतन्त्र बिरुद्ध बिष बमन गरिरहेकाले रास्ट्रपतिबाट टीका लगाउन नहुने सात कुतर्क गरिरहेकाले उनीहरुका सबै कुतर्क खारेज गर्दछु। चितवनमा पारिवारिक भेट र दशैँ मिलन सकेर म सोझै काठमाण्डौ आएर प्रथम रास्ट्रपति महामहिम रामवरण यादवसँग सम्पर्क गरें । उहाँ जनकपुर जानु भएकाले टेलिफोनमै आशिष ग्रहण गरें।

त्यसपछि सोझै दोस्रो रास्ट्रपति महामहिम विद्यादेवी भण्डारी ज्युकोमा गएर टीका र आशिष ग्रहण गरें। उहाँलाई मेरो कविता संग्रह उपहार पनि दिएँ।

त्यसपछि म नेपालका वर्तमान रास्ट्रपति महामहिम रामचन्द्र पौडेलज्युसँग टीका र आशिष ग्रहण गर्न पुगें । यसअघि मेरा राजनीतिक तथा पारिवारिक अविभावक आदरणीय दाइ जनार्दन शर्मासँग मैले टीका र आशिष ग्रहण गरें।

हजारौं गणतन्त्रबादीहरुसँगै टीका ग्रहण गरेर म शीतलनिवास र बुढानिलकण्ठ यात्रा गरिरहँदा हाम्रो राजनीतिक धरोहर रास्ट्रपति संस्थामाथि बिष बमन गरिरहेका केही दर्जन मण्डले रैतीहरु ज्ञानेन्द्र निवास बाहिर लाम लागेर उनीबाट टीकाको प्रतीक्षामा थिए। उनीहरुलाई आफ्ना प्रभुको पूजा आराधना गर्ने अधिकार यो गणतन्त्रमा सुरक्षित छ जुन हिजोको राजतन्त्रात्मक दैत्य राजमा “हामीलाई गणतन्त्र चाहिन्छ” भनेर सास फेर्ने अधिकार पनि थिएन।

उनीहरुका ‘भगवान’लाई उनीहरु जसरी पुजुन् तर हामी हाम्रा जनता भगवानले चुनेका हाम्रा मानिस रास्ट्रप्रमुखलाई सबैभन्दा बढी श्रद्धा गर्छौ। र, हामी उनैका हातको टीका लगाउँछौ। बिगत दुई दशक यताको दशैँ गणतन्त्रको विजय र राजतन्त्रको पराजयको दशैँ हो। कसै कसैलाई मृत राजतन्त्रको मशानघाटमा रोदन क्रन्दन गर्न मन छ भने त्यो उनको अधिकार सुरक्षित छ।

बिजया दशैंमा उनीहरुमा रैतीबाट स्वाधीन मानव बन्ने चेतना पलाओस शुभकामना। दशैँ सद्भाव र मिलनको पर्व हो , यो सांस्कृतिक पर्बलाई राजनीतिकरण गरेर समाजलाई फेरि विभाजनको भूमध्यरेखा तर्फ डोर्याउने एक दुई विभाजनकारीलाई जनताले जवाफ दिनेछन। दिएका पनि छन्।

मनऋषि धिताल पत्रकार हुनुहुन्छ