२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले झुटको खेती गरे: वरिष्ठ नेता नेपाल



अ+ अ-

झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ । 

उहाँले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।

बिर्तामोडमा शुक्रबार  जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७५ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गर्नुभयो । 

झापामा समानान्तर कमिटी गठन

माधव नेपाल समूहले आज बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।