२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहको सम्बोधन: छिनछिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्



अ+ अ-

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनु भएको छ ।

मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नु पर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिनुभयो । उहाँले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैँको टिका लगाइदिनु भएको थियो ।

पूर्वराजासँग टीका थाप्न झण्डै पाँच हजार मानिस निर्मल निवास पुगेका थिए ।

राप्रपाका नेता रवीन्द्र मिश्रले झण्डै तीन घण्टा लाममा बस्नु परेको जनाउँदै अर्को वर्ष राजदरबारमै टीका थाप्न पाइयोस् भनेको सामाजिक संजालमा लेख्नु भएको छ ।