काठमाडौं । कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारवाहीका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिएका एमालेका चार सासंदहरुको पद निलम्बन गर्ने तथा पार्टीको सााधारण सदस्य समेत खारेज गर्न सिफरिस गरेको हो । प्रदेश सांसदलाई गर्ने कारबाहीको अधिकार पनि पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली संग रहेको छ ।
कारबाहीमा पर्नेमा सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन् । उहाँहरु चारै जना प्रत्यक्ष निर्वाचित सांसद हुनहुन्छ ।
यसैबीच संसदीय दलले सांसद देवी वलीलाई चौबिस घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । सांसद वलीले सुरुमा मुख्यमन्त्री शाहीको पक्षमा मत दिएपनि पछि परिबर्तन गर्नुभएको थियो ।











