• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला ★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

के गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित छ ?



प्रतीकात्मक तस्बिर

एजेन्सी । तपाईको पार्टनरसँग गर्भावस्थाको कुनै पनि चरणमा यौन सम्बन्ध राख्दा कुनै पनि खतरा नहुने अध्ययन बताउँछ । तर पनि गर्भवती भएपछि गर्भवती महिलाले धेरै सावधानी अपनाउनु भने पर्छ नै । गर्भको अवस्था र गर्भवती महिलाको अवस्था हेरेर गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित मानिन्छ ।

श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो । सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्धविच्छेदको कारणमध्ये एक उनीहरु बिचको खराब यौन–जीवन पनि हो । यद्यपि दम्पतीबीच हुने यौनसम्बन्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो कि, यौन क्रियाका लागि दुबैको उत्सुकता र सहभागिता हुन आवश्यक हुन्छ ।

कतिपय क्षणमा महिलाहरु विभिन्न शारीरिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । त्यस्तो बेला यौन सम्पर्क गर्दा उनीहरुलाई पीडा हुनसक्छ । तसर्थ यौन सम्बन्धका लागि समय अनुकुल हुनुपर्दछ । जसमध्ये एक चरण गर्भावस्था हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरै दम्पतीमा हुने गरेको पाइन्छ । गर्भावस्थामा महिलामा शारिरिक साथै मानसिक परिवर्तनहरु देखा पर्दछ । त्यस्तोबेला महिला मानसिक र शारीरिक रुपले स्वस्थ, तन्दुरुस्त, खुसी र सुखी हुन जरुरी हुन्छ ।

गर्भावस्थाको सममयमा खासगरी हर्मोन्सको परिवर्तनका कारण महिलालाई सम्भोग गर्ने इच्छा तिब्र हुन्छ । तर, महिलाको शारीरिक अवस्था जटिल एवं संवेदनसिल छ भने यौन सम्पर्क गर्दा असुरक्षित हुन्छ । अर्को जिज्ञासा तपाई मनमा उठ्न सक्ला, कुन महिनामा यौन सम्पर्क गर्नु सुरक्षित हुन्छ त ? पहिलो तीन महिनामा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यतिबेला गरिने यौन सम्पर्क असुरक्षित हुन्छ । यसका साथै नवौ महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने चिकित्सहरु बताउँछन् । यसबीचमा भने संयमित ढंगले यौन सम्पर्क गर्न सकिन्छ ।

यी कारणहरु भएमा गर्भावस्थामा यौनसम्बन्ध राख्नु हुँदैनः

–अत्याधिक रक्तश्राव भएमा।

–यदि गर्भवती महिलाको एम्नियोटिक तरल पदार्थ बगिरहेमा।

– गर्भको अवस्था कम्जोर भएमा ।

–यदि तपाईको योभन्दा अगाडी पनि गर्भपात भएको भएमा ।

–यदि तपाईको गर्भमा एकभन्दा बढी बच्चा भएमा ।

– गर्भवती महिलाको पेट दुखिरहेमा ।