• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपालको खराब सुरुवात, दुई ओभरमा तीन विकेट गुमायो



काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिजमा यूएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । यूएईले जितको लागि दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले तीन ओभरमा तीन विकेट गुमाएर १७ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको चौथो बलमा एक रन बनाएर आउट भए । उनी मुहम्मद जावादुल्लाहको बलमा आउट भए । भुर्तेल पछि आएका सोमपाल कामि पनि ४ बलमा २ रन बनाएर आउट भए । उनी अकिफ राजाको बलमा आउट भए । यस्तै,चौँथो नम्बरमा आएका कुशल मल्ल दुई ओभरको पहिलो बलमा रन आउट भए । उनले एक रन पनि जोडेनन् ।

अहिले आसिफ शेख (११) र रोहित पौडेल (२) क्रिजमा छन् ।