२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्कने



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एब गृहमन्त्री नारायणकाजी श्रेष्ठ ५ दिने को उपचार पश्चात् आज डिस्चार्ज हुनुभएको छ ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचारत श्रेष्ठको अवस्था सामान्य भएपछि आज उहाँलाई डिस्चार्ज गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज पछि उपप्रधानमन्त्री श्रेष्ठले उपचारमा संलग्न चिकित्सक लगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङ स्थित नेपाली राजदुतावास परिवार प्रति आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले स्वास्थ्य अवस्था प्रती चासो , चिन्ता र सुभेक्षा राख्नुहुने सबैप्रती आभारी व्यक्त गर्नुभएको छ । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।