२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्कने



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एब गृहमन्त्री नारायणकाजी श्रेष्ठ ५ दिने को उपचार पश्चात् आज डिस्चार्ज हुनुभएको छ ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचारत श्रेष्ठको अवस्था सामान्य भएपछि आज उहाँलाई डिस्चार्ज गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज पछि उपप्रधानमन्त्री श्रेष्ठले उपचारमा संलग्न चिकित्सक लगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङ स्थित नेपाली राजदुतावास परिवार प्रति आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले स्वास्थ्य अवस्था प्रती चासो , चिन्ता र सुभेक्षा राख्नुहुने सबैप्रती आभारी व्यक्त गर्नुभएको छ । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।