२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको जित



अ+ अ-

एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यान्चस्टर युनाइटेडले डिएगो डालोको सुन्दर गोल मद्दतले शेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यस सिजन युनाइटेडको लिगमा लगातार दोस्रो जित हो । यसअघि ब्रेनफोर्डलाई पनि २–१ गोल अन्तरले नै पराजित गरेको थियो ।

युनाइटेडका लागि पहिलो गोल ब्रुनो फर्नान्डेजको क्रसपासमा स्कट म्याकटोमेनीले खेलको २८ औं मिनेटमा गरेका थिए । तर युनाइटेडको अग्रता धेरैबेर टिकेन ।

शेफिल्ड युनाइटेडका लागि ३४औं मिनेटमा ओलिभर म्याकबर्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि पनि युनाइटेडले शेफिल्डको पोस्टमा लगातार प्रहार गरे पनि गोल हुन सकेको थिएन । अन्तत: ७७ औं मिनेटमा डिबक्स रेखानजिकबाट डिएगो डालोले सुन्दर गोल गरेका थिए ।

यो जितसँगै युनाइटेडले ९ खेलबाट १५ अंक सहित आठौं स्थानमा उक्लेको छ । यद्यपी अंक तालिकाको पहिलो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ९ खेलबाटै २१ अंक छ ।

शेफिल्ड युनाइटेड भने यस सिजनमा कमजोर प्रदर्शन गर्दै एक अंक सहित लिगको पुछारमा छ ।