• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

राफा बोर्डर खुल्यो, मानवीय सहायताका सामग्री बोकेका ट्रक प्रवेश सुरु



इजिप्ट-गाजा बोर्डर

इजरायल र हमास बीचको युद्धका कारण संकटमा परेका गाजा क्षेत्रका लाखौं प्यालेस्टिनीका लागि अत्यावश्यक मानवीय सहायताका सामग्री बोकेका ट्रकहरु राफा बोर्डर हुँदै गाजा क्षेत्र प्रवेश गर्न थालेका छन् । करिब ३००० हजार टन सामग्री बोकेका २०० वटा ट्रक राफा हुँदै गाजा प्रवेश गर्न लागेका हुन् ।

गत अक्टोबर ७ मा हमास लडाकूले दक्षिणी इजरायलमा प्रवेश गरेर नरसंहार मच्चाए पछि इजरायलले पनि त्यसको बदलामा गाजा क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको थियो ।

इजरायलले गाजा क्षेत्रलाई हवाई, स्थल र सामुद्रिक तीनै तर्फबाट नाकाबन्दी गर्दै औषधि, पानी, इन्धन, खाद्यान्न समेतका सबै वस्तुको प्रवेशलाई रोकेको थियो ।

इजरायली हवाई हमलाबाट घाइते, महिला, बालबच्चा समेतलाई अत्यावश्यक सामग्रीको आपूर्ति बन्द भएसँगै गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको थियो । जसलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

गाजाको दक्षिण सीमास्थित इजिप्टसँगको सीमानाका राफा खुलेसँगै ट्रकहरु गाजा प्रवेश गर्न थालेका छन् । यद्यपी यी ट्रकहरु पनि इजरायली हवाई आक्रमणको निशाना बन्न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले अनुमान गरिरहेका छन् ।

इजरायलले हमासलाई निमिट्यान्न पार्ने अठोटका साथ गाजासँगको सीमामा झण्डै तीन लाख सेना तैनाथ गरेको छ । ट्याँक समेतका आधुनिक हातहतियार सहितका यी सैनिक गाजामा आक्रमणका लागि सरकारको आदेशको प्रतिक्षा गरिरेहका छन् ।

इजरायलले गाजामा पैदल सेना मार्फत् आक्रमण गरे त्यसबाट थप मानवीय क्षति हुने अनुमान गरिएको छ । यद्यपी संयुक्त राज्य अमेरिकाले गाजामा आक्रमण गर्नुअघि बलियो रणनीति बनाउन आवश्यक रहेको र यसको असर मध्यपूर्वका अन्य देशमा पर्न नदिन जोड दिइरहेको बताइन्छ ।

उता, शुक्रबार राति नै हमासले कब्जामा राखेका मध्ये दुई जना अमेरिकी नागरिकलाई मुक्त गरिदिएका छन् । कतारको मध्यस्थतामा छुटेका २ अमेरिकीमा जुडिथ रानान र उनकी १७ वर्षीया छोरी नाटाली रहेका छन् ।