२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

बालबालिकाको स्वास्थ्य हेर्ने कि शिक्षा ?

बालबालिकाको स्वास्थ्य हेर्ने कि शिक्षा ?
अ अ+ अ-

हाल देखिएको कोरोनाभाइरसको संक्रमण एक अर्कामा निकै छिटो सर्ने खालको रहेको छ । यसअघि देखिएको कोरोनाभाइरस एक जनाबाट चार पाँच जनालाई सार्ने किसिमको थियो तर अहिले देखिएको नयाँ प्रजातिको भाइरसले ३० भन्दा बढी व्यक्तिलाई सारेको अनुमान गरिएको छ । जसका कारण मृत्युदर स्वतः बढ्छ । 

ब्राजिल, बेलायत, भारत लगायतका मुलुकहरुमा पनि दिनदिनै संक्रमतिको संख्या बृद्धि भइरहेको छ । हामीकहाँ समुदायमा परीक्षण नै गरिएको छैन । समुदायमा नमूना परीक्षण आवश्यक भै सकेको छ ।  क्वारेन्टिन र आइसोलेसनको अवस्था पनि नाजुक नै छ । उचित व्यवस्थापन भएको छैन ।  खाडी मुलुकमा काम गर्न जाने भारतीय नागरिकहरु नेपालको बाटो भएर जाने क्रमले झनै जोखिम बढाएको छ । 

समुदायमा परीक्षण गर्ने हो भने काठमाडौंमा मात्र हाल १० हजार भन्दा बढी संक्रमित फेला पर्न सक्छन् । विज्ञ साथीहरु त यो संख्या २० हजार भन्दा बढी होला भन्ने अनुमान गर्नुहुन्छ । यस्तो अवस्थामा विद्यालयहरु कसरी सञ्चालन हुन्छन् ? विद्यार्थीको स्वास्थ्य हेर्ने कि शिक्षा ? पहिलो प्राथामिकता स्वास्थ्य नै हो ।  घातक किसिमको यो संक्रमणको लक्षण नदेखिने तर कोभिड निमोनिया भएर आइसियूमा पठाउनु पर्ने अवस्था देखिसकेको छ ।  

विद्यार्थीलाई मापदण्ड पालना गराउन निकै कठिन हुन्छ । माक्सको सही प्रयोग हुँदैन, शौचालय, खाजाघर विद्यालय परिसर सबैतिरबाट जोखिम हुन्छ । यही दरमा संक्रमण बढे जेठ असारमा नयाँ संक्रमितहरु १५ हजार भन्दा माथि पुग्न सक्छन् भने दशैंसम्ममा ६ लाख संक्रमित पुग्ने आँकलन गरिएको छ ।  

विद्यालय सञ्चालनका बारेमा प्याब्सन र एन प्याब्सनको प्रभाव र दवाव शिक्षा मन्त्रालयमा परेको स्पष्ट रुपमा देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाको निर्देशन झनै गैर–जिम्मेवारपूर्ण छ । एक हप्ता विद्यालय बन्द गर्नुको कुनै अर्थ नै छैन । तीन साता त बन्द नै गर्नुपर्छ  । अझ संक्रमण देखिए बन्द गर्नु भन्ने जस्तो गैर–जिम्मेवार निर्देशन दिन मिल्छ ? विद्यालयमा संक्रमण फैलिए घर, समुदायको अवस्था कस्तो होला ? कसैले पनि बालबालिकाको स्वास्थ्यका विषयमा जोखिम नमोलौं । 

यस्तो अवस्थामा म मेरा बच्चाहरुलाई विद्यालय पठाउन सक्दिनँ । अभिभावकहरुको पनि दायित्व छ, वैकल्पिक माध्यमबाट पठनपाठन गराउँ । विद्यालयले दिएको विषयवस्तु अनुसार बालबालिकाले पढेका छन् वा छैनन्, अनुगमन गरौं । सबै एकजुट भएर बिपद्को सामना गरौं । तत्काल विद्यालय नखोलौं जसले गर्दा बालबालिका मार्फत घरघरमा संक्रमण फैलिँदैन ।  

बिगतको भन्दा कठिन अवस्था आउन सक्ने भएका कारण विद्यालयहरुले पनि बैकल्पिक शिक्षाको लागि लामो योजना बनाउन आवश्यक छ ।  हालसम्म बालबालिकाको लागि खोप तयार भएको छैन ।  हाल प्रयोग भै रहेका खोपहरु १८ बर्ष भन्दा माथिका लागि हो ।  बालबालिकाको लागि बेलायत र अमेरिकामा खोपहरु परीक्षण भै रहेका छन् तर ती खोपहरु पनि व्यवहारिक रुपमा प्रयोगमा आउन एक वर्ष भन्दा बढी समय लाग्छ ।  

मोडर्ना र अस्ट्राजेनिकाले परीक्षण गरे पनि बीचमा केही समस्या आएपछि त्यसलाई रोकेको छ । बरु अभिभावकहरुले हाल उपलब्ध खोपहरु लगाऔं । अभिभावकहरुले खोप लगाउँदा पनि घर धेरै नै सुरक्षित हुन्छ । हाल नेपालमा प्रयोग भै रहेका खोपहरु कुनै खराब लक्षण देखिएको छैन, ढुक्क भएर लगाउँदा हुन्छ । त्यसैले स्वास्थ्यमा खेलबाड नगरौं, सर्तक रहौँ, सचेत बनौं ।  
––
काठमाडौंको स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलका अभिभावकहरुको भर्चुअल छलफलमा जनस्वास्थ्यविज्ञ डा.पाण्डेले व्यक्त गर्नु भएको विचार