• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

एनआरएनएको अध्यक्षमा डा. बद्री केसी विजयी, अन्य पदमा को ? (सूचीसहित)



काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् ।

बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

डा. केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, संगठनको उपाध्यमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०)मतसहित निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् ।

यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मत प्राप्त गरेर विजयी हुँदा सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी हुँदा महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत पाए ।

उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रवीन गुरुङ (२१५०) मतसहित विजयी भए ।

६ सचिव पदमा भीम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोजकुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणि पोखरेल (१६५१) र स्वतन्त्रप्रताप शाह (१६६६) विजयी भएका छन् ।

महिला सचिवमा टीका गुरुङ (राधिका) २३२० मतले विजयी भइन् भने सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् । संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १९१२ मत पाए ।

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मतसहित निर्वाचित भएका छन् ।

महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत पाइन् ।

अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ मतसहित निर्वाचित भएकी छन् भने सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् ।

संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतसहित विजयी भएका छन् भने सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे ।