२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता नील नितिन मुकेशलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । बलिउड जगतमा एकपछि अर्को गर्दै कलाकारहरुमा  कोरोना संक्रमण पुष्टि भएको खबरहरु बाहिर आइरहेका छन् । 

अब यस सूचीमा अभिनेता नील नितिन मुकेश पनि थपिएका छन् । उनले यसबारे इन्स्टाग्राममा पोस्ट गर्दै जानकारी गराएका हुन् । उनीसँगै आफ्नो परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको उनले बताएका छन् । 

उनले लेखेका छन्, 'हरेक प्रकारले सुरक्षित रहने प्रयास गर्दागर्दै मेरो परिवारको सदस्यलाई पनि कोरोना संक्रमण भएको छ । तपाईको माया तथा सद्भावका लागि धेरै धेरै धन्यवाद । तपाईहरु पनि सुरक्षित रहनुहोला । यसलाई हल्का रुपमा नलिनुहोला । '