२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, जसकोे असर दिनभर पर्छ



अ+ अ-

काठमाडौं । भनिन्छ बिहानले दिनको संकेत गर्छ । हामीले बिहानको समयमा गरिने क्रियाकलापले त्यसको असर दिनभर पर्छ । हामीले बिहान राम्रो काम गर्यौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ । यदि हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

त्यसैले आज हामी तपाईलाई बिहान भूलेर पनि गर्न नहुने कामका बारेमा जानकारी दिँदैछौं। यदि तपाईले बिहान यस्ता काम गर्नुभयो भने तपाईलाई दिनभर अस्वस्थ र दिमाग भारी भएको महसुश हुन सक्छ । त्यस्तै दिनभर आफुलाई स्वास्थ्य र फ्रेस राख्न यस्ता गल्तिबाट बच्न जरुरी हुन्छ ।

१. ढिलोसम्म सुत्नेः धेरै समयसम्म सुतिरहनाले मोटोपना, डिप्रेसन र मधुमेह जस्ता रोग लाग्ने खतरा बढ्छ ।

२. ओछ्याउनबाट एक्कासी उठ्नेः यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।

३. उठेर पानी नपिउनेः बिहान उठ्ने बित्तिकै धेरै मानिसले पानी पिउँदैनन् । पानी नपिउनाले कब्जियत हुने र शरीरमा पानीको मात्रा कम हुने गर्छ । त्यसैले बिहान उठेर २ देखि ४ गिलास पानी पिउने गर्नुपर्छ । यसले पेट सफा गर्न मद्दत गर्छ । अझ मनतातो पानी भए धेरै राम्रो ।

४. व्यायाम नगर्नेः व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्छन् । मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । त्यसकारण घरमै एक आधा घन्टाका लागि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने बानी बसाल्नु पर्छ ।

५. ओछ्यानमै चिया पिउनेः यसले शरीरमा एसिडको मात्रा बढाउने र दाँतलाई कमजोर बनाउने हुनाले ओछ्यानमै चिया पिउने बानी हटाउनुपर्छ । यसले कब्जियत पनि गराउन सक्छ । त्यसकारण फ्रेस भएपछि, दाँत माझेर खाजाका साथमा मात्र चिया पिउने गर्नुपर्छ ।

६. बिहानको खाजा नखानेः बिहान खाजा नखाने व्यक्तिलाई मोटोपना, मधुमेह , थकान जस्ता समस्या हुन सक्छन् । साथै यसले ग्यास्टिक पनि गराउने हुनाले के खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बिहान प्रोटिन र रेशायुक्त खाना खाने गर्नुपर्छ ।

७. धेरै गुलियो खानेः बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ । त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ ।

८. बिहानको घाममा नबस्नेः बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ । बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ ।

९. उठ्ने वित्तिकै मोबाइल चलाउनेः उठ्ने वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस् ।