२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

नौ जना विशिष्ट व्यक्तित्वहरुलाई नइ पुरस्कारबाट सम्मानित गरिने

नौ जना विशिष्ट व्यक्तित्वहरुलाई नइ पुरस्कारबाट सम्मानित गरिने
अ अ+ अ-

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । 

नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ ।

नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानको अक्षुण्णता, संरक्षण र संवर्धनका लागि अटल प्रतिबद्ध श्री कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत प्रा.डा.राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनले नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका निम्ति श्री नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ ।

चिकित्सा क्षेत्रमा दीर्घ सेवाका निम्ति सुविख्यात बालविशेषज्ञ डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली कलाका फाँटमा अविछिन्न योगदानका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली चित्रकलाको महिमा र गरिमा बढाए वापत सुश्री शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यसै गरी नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रुपमा क्रियाशील रही विश्व कविता यात्रामार्फत नेपाली भाषासाहित्यको गौरव बढाए बापत श्री वसन्तकुमार चौधरीलाई  ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निणर्य भएको छ ।

नइ प्रकाशनले नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारमा प्रभावकारी कृत्य गरी देशदेशान्तरमा नेपाली भाषाको ख्याति बढाए बापत म्युजिक नेपालका अध्यक्ष श्री सन्तोष शर्मालाई  ‘नइ भाजप पुरस्कार’ समर्पण गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाबाहिर रहेर पनि नेपाली भाषासाहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याए बपत रुपन्देहीका श्री जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ । यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको हो । 

नइ प्रकाशनको रजत महोत्सव तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०२ औँ शुभजन्मोत्सवका अवसरमा शताब्दी पुरुषबाट आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरू समर्पण गरिने छन् ।