२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव गर्नु हुँदैन- शिवमाया तुम्बाहाङ्फे (भिडियो सहित)

भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव गर्नु हुँदैन- शिवमाया तुम्बाहाङ्फे (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । 

भूमि सम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समिक्षा एवं वार्षिक प्रतिवेदन–२०७७’ सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले केही स्थानीय तहमा यस्तो समस्या देखिएको गुनासो प्राप्त भएको भन्दै राजनीतिक रुपमा भेदभाव नगरी काम गर्न निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो ‘कहिंकहिं के सुनिएको छ भने जुन स्थानीय तहमा कम्युनिष्टले जित्यो त्यो कम्युनिष्टले जितेका साथि अथवा जनताहरुको मात्रै विवरण भराईदिने, यता कांग्रेसको नभराईदिने अथवा अन्य पार्टीको सुकुम्बासी जसले समर्थन गर्छ उसको विवरण नभराईदिने काम पनि भएका छन भन्ने खालको रिपोर्टहरु मैले सुनिरहेको छु । हामीले यो सुकुम्बासीहरुको समस्या भनेको कुनै एउटा दलको समस्या होइन ।

सबै दलको, सबै नेपाली जनताको, सरकारको समस्यालाई समाधान गर्ने एउटा उद्देश्य हो । त्यसकारण आयोगले के ध्यान दिन पर्‍यो भने त्यो विवरण भराईरहदाखेरी यो वा त्यो दलको नाममा कसैको विवरण छुटनु भएन । छुट्यो भनेपनि गलत हो । छुटने काम हुन हुँदैन भन्ने खालको कुरा आयोगले तल स्थानीय तहसम्म यो सन्देश सम्प्रेषण गर्न जरुरी पर्छ ।’

भूमिहिनहरुको विवरण सङ्कलन गर्दा कुनैपनि कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुले गलत विवरण सङ्कलन गरेमा कारबाही गर्ने तर्फ पनि ध्यान दिन आयोगलाई निर्देशन दिनुभयो । विवरण सङ्कलन गर्नु भन्दा अगाडि नै यस सम्बन्धमा जानकारी गराउने र त्यसो गर्दा पनि सही विवरण नदिएको पाइएमा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो ‘यदि कुनै जनप्रतिनिधि वा त्यो विवरण सङ्कलन गरिरहदा खटने कर्मचारीहरुले गलत विवरण सङ्कलन गरेमा वा गलत विवरण भर्नका लागि उक्साहट गरेमा यो ऐनमा व्यवस्था भए अनुसार दण्ड सजाय जे व्यवस्था छ त्यो कारबाही हुन्छ भन्ने कुरा नविर्सिकन, यो मैले पटक पटक दोहोर्‍याई रहेको अवस्था छ । अहिले तलबाट कस्ता खालका समस्या आएका छन भने यो सुकुम्बासीको हकमा कुरा गरिरहदा र अव्यवस्थित बसोबास गरिरहेका दाजुभाई दिदिबहिनीहरुको समस्यालाई दिइरहदा त्यहाँ बीचमा बसेर म पुर्जा तपाईको हातमा उपलब्ध गराई दिन्छु ल तपाईले मलाई यति रकम दिनुपर्‍यो भन्ने खालका कामहरु तल शुरु भएका छन । मैले पहिले पनि अध्यक्ष ज्यूलाई भनिसकेको छु । यस्ता खालका कुराहरु भएको कारणले गर्दाखेरी यसलाई हामीले कसरी नियन्त्रण गर्ने पहिलो प्राथमिकता राख्नुपर्‍यो  ।’

मन्त्री तुम्बाहाङ्फेले सरकार परिवर्तन हुने वित्तीकै आयोगको नेतृत्व पनि परिवर्तन हुन्छ र आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्छु भन्ने मानसिकता नबनाउन पनि निर्देशन दिनुभयो । कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले केही पालिकाहरुमा आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्ने मनसाय रहेकाले समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘केहीकेही पालिकाहरुको जस्तो माननीय मन्त्रीजीले इङ्गित गर्नुभएको छ, इन्टेन्सन छ । यो आयोग हट्छ, जान्छ त्यसपछि हाम्रो सरकार आउँछ अनि आएपछि बल्ल गरौंला अहिले किन गर्ने र भन्ने ढङ्गका केही पालिकाहरु छन् ।’

केही पालिकाहरुमा समस्या नै नभएको र केहीमा राजनीतिक भिन्नताको हिसाबले काम हुन नसकेको पनि अध्यक्ष ज्ञवालीले स्वीकार गर्नुभयो । कतिपय पालिकाको बुझाइमा कमजोरी हुँदा पनि विवरण सङ्कलन हुन नसकेको बताउनुभयो । जानाजान नै निदाएको जस्तो गर्नेहरुलाई ब्युझाउन नसक्ने भन्दै त्यस्ता पालिकाहरुका नागरिकलाई वास्तविकता बताउनुको विकल्प आयोगसँग नभएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘हामीले सकेसम्म इन्टेन्सनल्ली नै नआउने गरी निदाएकोलाई उठाउन सकिन्छ मन्त्रीज्यू, निदाएको अनुभुति गर्नेलाई त के गर्न सकिन्छ र ? त्यस्तो स्थितिमा त्यहाँका नागरिकलाई, लाभग्राहीलाई, सुकुम्बासीहरुलाई उहाँहरुको ठाउँमा तपाईहरुको अधिकारमा छेकवार गर्ने तहमा तपाईको पालिका रह्यो भन्दिनु बाहेक हामीसँग अर्को विकल्प रहँदैन ।’

आयोगको वार्षिक प्रतिवेदन अनुसार देशभर ४ लाख ६ हजार ५ सय २ जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको संख्या रहेको छ । यस्तै अव्यवस्थित बसोबास गर्नेहरुको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ ।